आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा « Khabarhub

आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा शीर्ष स्थानको होडमा रहेका काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्नेछन् ।

दिउँसो साढे १२ बजे सुरु हुने पहिलो खेलमा काठमान्डु र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । पाँच खेलबाट चार जित र एक हारसहित आठ अङ्क जोडेको काठमान्डु अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

छ खेल खेलेको सुदूरपश्चिम पनि चार खेलमा जित र दुई खेलमा हार बेहोर्दै आठ अङ्कसहित तेस्रो स्थानमा छ । त्यसैले आजको खेल दुवै टोलीका लागि अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने अवसर हुनेछ ।

यसैगरी, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

पाँच खेलबाट दुई जित, दुई हार र वर्षाका कारण रद्द भएको एक खेलबाट अङ्क बाँडेको चितवन पाँचौँ स्थानमा छ । छ खेल खेलेको जनकपुर भने दुई जित र चार हारसहित छैटौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ६ : ५३ बजे

आज काठमान्डु–सुदूरपश्चिम र चितवन–जनकपुरबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्

नरैनापुरमा घरबाटै सार्वजनिक सेवा, नेपालगञ्ज धाउनुपर्ने बाध्यता हट्यो

खजुरा – बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिने नरैनापुर गाउँपालिकाले सार्वजनिक

बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको

कतार र इस्टोनियासँग सूचना प्रविधिमा सहकार्य विस्तार गर्ने नेपालको प्रस्ताव

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग

आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक