गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु « Khabarhub

गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोनाक्री– अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र खानी मजदुरबीच भएको झडपमा पाँच विदेशी नागरिकसहित कम्तीमा १० जनाको मृत्यु भएको छ । घटनामा सुरक्षाकर्मीसहित १३ जना घाइते भएका छन् ।

गिनीको उत्तरपूर्वी क्षेत्र सिगुइरी जिल्लामा बुधबार झडप भएको हो । सरकारी निर्णयअनुसार नोभेम्बर २ देखि अवैध सुन खानीमा प्रतिबन्ध लागू गर्न गस्तीमा खटिएका सुरक्षाकर्मीलाई प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको सरकारी विज्ञप्तिमा उल्लेख छ ।

घटनाको अनुसन्धान गर्न सरकारले सार्वजनिक अभियोजकलाई जिम्मेवारी दिएको छ । सरकारले प्रतिबन्ध लागू गरेपछि सुरक्षा बलले सुन खानीमा काम गर्न आएका दशौँ हजार विदेशी नागरिकलाई उक्त क्षेत्रबाट निष्कासन गरेको छ । 

कारबाहीपछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने स्थानीय बासिन्दा त्यहाँ जानसमेत डराएको बताइएको छ ।

प्रत्यक्षदर्शीका अनुसार झडपपछि घटनास्थलमा शव देखिएका थिए भने केही पसलमा तोडफोडसमेत भएको थियो । घटनामा घाइते भएका एक स्थानीयका बुबाले सुरक्षा बलको कडा उपस्थितिका कारण उपचारका लागि आवश्यक सहयोग पाउन कठिन भएको बताएका छन् ।

सरकारी कारबाहीपछि ठूलो सङ्ख्यामा मानिस छिमेकी मुलुक माली पुगेका छन् । माली सरकारले गिनीबाट करिब एक लाख ६० हजार मानिस निष्कासित भएको जनाउँदै त्यसबाट उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  १० : ४१ बजे

गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

कोनाक्री– अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र

जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधार जोगाउन अन्तर्राष्ट्रिय सहयोग माग

काठमाडौँ– नेपालले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण

पर्यटकको आकर्षण बन्दै गोरखाको न्याउली झरना (तस्बिरहरू) 

गोरखा -उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त

इरानमाथि फेरि सैन्य आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले चाहेको दिशाभन्दा विपरीत