कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति   « Khabarhub

कांग्रेसको त्रिपक्षीय वार्तामा जुटेन सहमति  


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विवाद समाधानका लागि मंगलबार बिहान भएको त्रिपक्षीय वार्ता बिना निष्कर्ष सकिएको छ । 

महामन्त्रीद्वय गगन थापा र  विश्वप्रकाश शर्मासहितले मंगलबार बिहान विशेष महाधिवेशनको दोस्रो दिन निर्वाचन प्रक्रिया अगाडि बढाउँदै गर्दा भएको त्रिपक्षीय वार्तामा कुरा नमिलेको हो ।

सहमतिका लागि बालुवाटारमा पार्टी सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच वार्ता भएको थियो । यो वार्ताका कारण नेपाली कांग्रेस संस्थापनले डाकेको केन्द्रीय कार्यसमिति बैठक पनि बिहान ११ बजेदेखि दिउँसो १ बजेलाई सारिएको थियो ।

बालुवाटारमा वार्ता हुँदा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा निर्वाचन प्रक्रिया अघि बढाइसकेका छन् ।

नेतृत्व तहमा सहमति खोज्ने प्रयास जारी रहँदा विशेष महाधिवेशनको बन्दसत्र पनि अझै लम्बिने अवस्था छ । 

विशेष महाधिवेशन पक्षधरको माग

पहिलो, विशेष महाधिवेशनको स्वामित्व संस्थापन पक्षले लिनुपर्ने।

दोस्रो, विशेष महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूलाई पार्टीको दीर्घकालीन पूँजीका रूपमा स्वीकार गर्नुपर्ने।

तेस्रो, सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने। 

यदि राजीनामा दिन तयार नभए सक्रिय राजनीति छोडेको औपचारिक घोषणा गर्नुपर्ने। त्यो पनि सम्भव नभए अन्तिम विकल्पका रूपमा आगामी निर्वाचनमा टिकट वितरण गर्दा सभापतिले हस्ताक्षर नगर्ने निर्णय गर्नुपर्ने।

विशेष महाधिवेशन पक्षका एक शीर्ष नेताले यी शर्तमा सहमति नजुटे पार्टीभित्र नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिने बताएका छन् ।  उनका अनुसार त्यसका लागि निर्वाचन समिति पनि बनाइएको छ ।  

भृकुटीमण्डपमा जारी महाधिवेशनले नेतृत्व परिवर्तन र संगठन पुनर्संरचनालाई मुख्य एजेन्डा बनाएको छ। संस्थापन र विशेष महाधिवेशन पक्षबीचको वार्ता नमिलेमा कांग्रेस फुटतर्फ जाने जोखिम देखिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १२ : ५२ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना