जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका « Khabarhub

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा राउत र प्रियंका कार्कीको प्रवेश भएको छ ।

यी दुई नायिका र निर्माण पक्षबीच कागजी सम्झौता भएको जितुले सामाजिक सञ्जालबाट जनाकारी दिएका छन् ।

जितुले लेखेका छन्, ‘आफ्नो व्यस्त समयका बाबजुद पनि मेरो अनुरोधलाई स्वीकार गरी सहयोग गर्नु भएकामा मनदेखि नै आभारी छु ।’

जितु आफ्नै लगानी रहने यो फिल्म उनले भारतीय निर्देशक सुवेन्दु घोषसँग मिलेर बनाउन लागेका हुन् । नायक जितु आफैँ हुन् ।

माघको पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारीमा जितुको टिम रहेको छ ।

वर्षा र प्रियंकाले जितुले फिल्म ‘छक्का पञ्जा २’ सहकार्य गरेका थिए । प्रियंकासँग जितुले फिल्महरु ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’मा समेत सहकार्य गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : २७ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा