जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका « Khabarhub

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा राउत र प्रियंका कार्कीको प्रवेश भएको छ ।

यी दुई नायिका र निर्माण पक्षबीच कागजी सम्झौता भएको जितुले सामाजिक सञ्जालबाट जनाकारी दिएका छन् ।

जितुले लेखेका छन्, ‘आफ्नो व्यस्त समयका बाबजुद पनि मेरो अनुरोधलाई स्वीकार गरी सहयोग गर्नु भएकामा मनदेखि नै आभारी छु ।’

जितु आफ्नै लगानी रहने यो फिल्म उनले भारतीय निर्देशक सुवेन्दु घोषसँग मिलेर बनाउन लागेका हुन् । नायक जितु आफैँ हुन् ।

माघको पहिलो साताबाट छायाङ्कनमा निस्कने तयारीमा जितुको टिम रहेको छ ।

वर्षा र प्रियंकाले जितुले फिल्म ‘छक्का पञ्जा २’ सहकार्य गरेका थिए । प्रियंकासँग जितुले फिल्महरु ‘वडा नम्बर ६’ र ‘छक्का पञ्जा’मा समेत सहकार्य गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : २७ बजे

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक