कांग्रेसका प्रतिनिधिलाई जेन-जीले भने : पार्टीसँगै राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको खाँचो छ « Khabarhub

कांग्रेसका प्रतिनिधिलाई जेन-जीले भने : पार्टीसँगै राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको खाँचो छ


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसनिकट जेन-जीहरूले पार्टीको नेतृत्वमा राष्ट्रिय राजनीतिमा आमूल परिवर्तन ल्याउनुपर्ने माग गरेका छन् ।

कांग्रेसको विशेष महाधिवेशनको तेस्रो दिन भृकुटीमण्डपमा जारी रहँदा जेन-जी पुस्ताका प्रतिनिधिहरूले यस्तो मागसहित आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन् ।

उनीहरूले सार्वजनिक गरेको यो घोषणापत्रले डेमोक्रेसी, डिसिप्लिन, डिग्निटी, डेडिकेशन, डेभलपमेन्ट, डेलिभरी र डिजिटल ट्रान्सफर्मेशनसहित (७डी) लाई मूल नारा बनाएर पार्टी तथा राष्ट्रिय राजनीतिमा आमूल परिवर्तनको माग गरेका छन्।

यो घोषणापत्रमा गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको भावना र मागलाई प्रतिबिम्बित गर्दै कांग्रेसभित्र युवा पुस्ताको आवाजलाई बलियो बनाउनुपर्ने उल्लेख गरिएको छ।

जेन-जीले पार्टीको निर्णायक संरचनामा युवा प्रतिनिधित्व बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र डिजिटल युगमा आधारित सुशासन स्थापित गर्न जोड दिएका छन्।

जेन-जीका मुख्य माग :

नेतृत्व तथा प्रतिनिधित्व : पार्टीको केन्द्रीय संरचनामा ४० वर्ष मुनिका लागि ४०% र ३० वर्ष मुनिका लागि २०% आन्तरिक आरक्षण लागू गर्ने।

टिकट वितरण : वैज्ञानिक स्कोरकार्ड प्रणाली (प्राइमरी, योग्यता, लोकप्रियता र योगदानको आधारमा) कडाइका साथ लागू गर्ने।

राजनीतिक सुधार : दलहरूलाई ‘स्वार्थ समूह’ बाट मुक्त गर्न राज्य कोषबाट पारदर्शी अनुदान (स्टेट फाइनान्सिङ) को संवैधानिक व्यवस्था गर्ने।

भ्रष्टाचार नियन्त्रण : अख्तियार प्रमुख चयनमा नागरिक समाज र दिग्गजहरू सहितको इलेक्टोरल कलेज गठन गर्ने। न्यायालय तथा सार्वजनिक प्रशासनमा स्वार्थ द्वन्द्वसम्बन्धी ऐन बनाउने र प्रणालीगत स्वच्छता कायम गर्ने।

सेवा प्रवाह : सार्वजनिक सेवालाई ‘कृपापात्र’ होइन, नागरिकको गरिमायुक्त अधिकार बनाउने। १० वर्षे डेलिभरी रोडम्याप र एकीकृत कार्ययोजना तयार गर्ने।

डिजिटल तथा मतदान सुधार : स्वतः मतदाता दर्ता प्रणाली, डिजिटल फर्स्ट नीति, एकीकृत डिजिटल प्लेटफर्म विकास गर्ने। टाढा रहेका मतदातालाई मतदानको सुविधा सुनिश्चित गर्ने।

आन्तरिक सुशासन : पार्टीभित्र आन्तरिक सुशासन आयोग गठन गर्ने। क्रियाशील सदस्यतालाई अनलाइनबाट खुला गर्ने र तहगत जिम्मेवारीमा सीमितता हटाउने।

अन्य : नीति निर्माणमा युवा, महिला र सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता, संसद छलफल प्रत्यक्ष प्रसारण, मेरिट-बेस्ड नियुक्ति, आधारभूत आवश्यकतालाई संवैधानिक अधिकार बनाउने आदि।

यो घोषणापत्रमा जेन-जी पुस्ताको सपना र जिम्मेवारीलाई पार्टीले सम्बोधन गर्नुपर्ने माग पनि गरिएको छ। ‘निर्णयका लागि यो घोषणा पत्र पार्टीमा सुम्पिएका छौं। हाम्रा सुप्रै सपना छन् र सँगै जिम्मेवारी पनि’, उनीहरूले भनेका छन्, ‘सिङ्गो जेन-जी पुस्ता तपाईंहरूको साथमा छ।’

विशेष महाधिवेशनमा यो घोषणापत्रले पार्टीभित्र युवा नेतृत्वको माग सम्बोधनका लागि दबाब बढाएको छ।

जेन-जीले कांग्रेसलाई परिवर्तनको माध्यम बनाएर देशमा सुशासन, पारदर्शिता र डिजिटल युगको विकास सुनिश्चित गर्न माग गरेका छन् । यो कदमले पार्टीको आगामी निर्वाचन रणनीति तथा संरचनामा ठूलो प्रभाव पार्ने अपेक्षा छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ३९ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध