ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी « Khabarhub

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का अवसरमा ट्राफिक प्रहरी प्रभाग गौशलाले आज प्रभातफेरी गरेको छ ।

ट्राफिक नियमप्रति आमनागरिकमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम गौशलाबाट सुरु भई मित्रपार्कमा पुगेर सभामा परिणत भएको थियो ।

सहभागीहरूले ‘सवारी नियम पालना गरौँ, दुर्घटना न्यूनीकरण गरौँ, सुरक्षित यात्रा सबैको अधिकार’ भन्नेजस्ता सचेतनामूलक प्लेकार्ड तथा ब्यानर बोकेर सडक प्रयोगकर्तालाई सन्देश दिएका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सभालाई सम्बोधन गर्दै सवारी चालकको लापरवाही र पैदलयात्रीको असावधानीका कारण सवारी दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको बताए।

‘हाम्रो चाहना सवारी दुर्घटना शून्य बनाउने हो’, उनले भने, ‘त्यसका लागि सवारी चालकमात्र होइन, पैदलयात्रीले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ । सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ ।’

प्रभातफेरी कार्यक्रममा काठमाडौँ महानगरपालिका–७ का वडाध्यक्ष विमलकुमार होडालगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यार्थी, सर्वसाधारण नागरिक, ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो ।

वडाध्यक्ष होडाले सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ को शुभकामना व्यक्त गर्दै सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि वडा कार्यालय सधैँ ट्राफिक प्रहरीसँग सहकार्य गर्न तयार रहेको बताए। 
 

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ५० बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ