कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल « Khabarhub

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थल छाडेका छन् ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई गति दिएसँगै दुवै नेता भृकुटीमण्डपबाट बाहिरिएका हुन् ।

विशेष महाधिवेशनस्थल छाडेका डा. भण्डारी अहिले संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगिसकेका छन् ।

उता निवर्तमान सांसद शर्मा पनि भृकुटीमण्डपबाट बाहिरिएका छन् । उनले आफूहरू पार्टी फुटको पक्षमा नलाग्ने बताएका छन् ।

नेता भण्डारीले पार्टी विभाजनबाट आफू टाढा रहेको बताएका छन्।  तर विशेष महाधिवेशनबाट आफू नहटेको बताउँदै उनले सबै पक्षलाई मिलाउन खोजिरहेको बताए।

विशेष महाधिवेशनबाट पछि हटेको कुरा आएपछि खबरहबसँगको कुराकानीमा उनले आफू कांग्रेस विभाजनतर्फ नरहेको स्पष्ट पारेका हुन् । 

‘विशेष महाधिवेशनलाई सेफ ल्यान्डिङ गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो कुरा हो। सबैलाई मिलाउने कुरा भइरहेको छ। विशेष महाधिवेशनको पक्षबाट म हटेको छैन। तर पार्टी विभाजन हुन्छ भने त्यसलाई मेरो स्वीकार्य छैन’, उनले भने, ‘म त पार्टी मिलेर अगाडि बढ्नुपर्छ, सर्वसम्मत हुनुपर्छ भन्ने पक्षमा छु। सहमतिको बिन्दुबारे छलफल गरिरहेका छौँ । विशेष महाधिवेशन पक्षबाट पछि हटेको कुरा विश्वास गर्दिनँ, मिलाउने प्रयत्नमा छु।’

शर्मा कांग्रेसमा नेता डा. शेखर कोइराला निकट हुन् । तर उनी शेखरलाई छोडेर विशेष महाधिवेशन उद्घाटनमा सहभागी भएका थिए ।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेर उम्मेदवारका लागि मनोनयन पत्र वितरण थालेसँगै दुई नेता त्यहाँबाट बाहिरिएका हुन् ।

अहिले कांग्रेस पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यका आकांक्षीहरूले निर्वाचन समितिले तोकेका स्थानबाट मनोनयन पत्र लिइरहेका छन् ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएपछि सभापति देउवामाथि पार्टीलाई फुटबाट जोगाउन थप दबाब परेको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशन सचिवालय संयोजक मनोमणि आचार्यले अब रेल गुडिसकेको प्रतिक्रिया दिएका छन् ।

उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग अब कुनै हालतमा नयाँ नेतृत्व चयन प्रक्रिया नरोकिने बताएका छन् ।

‘नयाँ नेतृत्व चयनका लागि रेल गुडिसक्यो, अब रोकिन्न’, उनले भने, ‘हामी अब निर्णायक मोडमा पुगिसकेका छौँ । अब निर्वाचन प्रक्रियाले गति लिइसकेको छ ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : १४ बजे

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ