कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल « Khabarhub

कांग्रेस फुट्छ भन्दै चन्द्र भण्डारी र सुनील शर्माले छाडे विशेष महाधिवेशनस्थल


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- पार्टी फुटमा साथ नदिने भन्दै डा. चन्द्र भण्डारी र सुनील शर्माले भृकुटीमण्डपस्थित नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनस्थल छाडेका छन् ।

महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रियालाई गति दिएसँगै दुवै नेता भृकुटीमण्डपबाट बाहिरिएका हुन् ।

विशेष महाधिवेशनस्थल छाडेका डा. भण्डारी अहिले संस्थापनले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन सानेपा पुगिसकेका छन् ।

उता निवर्तमान सांसद शर्मा पनि भृकुटीमण्डपबाट बाहिरिएका छन् । उनले आफूहरू पार्टी फुटको पक्षमा नलाग्ने बताएका छन् ।

नेता भण्डारीले पार्टी विभाजनबाट आफू टाढा रहेको बताएका छन्।  तर विशेष महाधिवेशनबाट आफू नहटेको बताउँदै उनले सबै पक्षलाई मिलाउन खोजिरहेको बताए।

विशेष महाधिवेशनबाट पछि हटेको कुरा आएपछि खबरहबसँगको कुराकानीमा उनले आफू कांग्रेस विभाजनतर्फ नरहेको स्पष्ट पारेका हुन् । 

‘विशेष महाधिवेशनलाई सेफ ल्यान्डिङ गरेर अगाडि बढ्नुपर्छ भन्ने मेरो कुरा हो। सबैलाई मिलाउने कुरा भइरहेको छ। विशेष महाधिवेशनको पक्षबाट म हटेको छैन। तर पार्टी विभाजन हुन्छ भने त्यसलाई मेरो स्वीकार्य छैन’, उनले भने, ‘म त पार्टी मिलेर अगाडि बढ्नुपर्छ, सर्वसम्मत हुनुपर्छ भन्ने पक्षमा छु। सहमतिको बिन्दुबारे छलफल गरिरहेका छौँ । विशेष महाधिवेशन पक्षबाट पछि हटेको कुरा विश्वास गर्दिनँ, मिलाउने प्रयत्नमा छु।’

शर्मा कांग्रेसमा नेता डा. शेखर कोइराला निकट हुन् । तर उनी शेखरलाई छोडेर विशेष महाधिवेशन उद्घाटनमा सहभागी भएका थिए ।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरिसकेर उम्मेदवारका लागि मनोनयन पत्र वितरण थालेसँगै दुई नेता त्यहाँबाट बाहिरिएका हुन् ।

अहिले कांग्रेस पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यका आकांक्षीहरूले निर्वाचन समितिले तोकेका स्थानबाट मनोनयन पत्र लिइरहेका छन् ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएपछि सभापति देउवामाथि पार्टीलाई फुटबाट जोगाउन थप दबाब परेको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै विशेष महाधिवेशन सचिवालय संयोजक मनोमणि आचार्यले अब रेल गुडिसकेको प्रतिक्रिया दिएका छन् ।

उनले महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारहरूसँग अब कुनै हालतमा नयाँ नेतृत्व चयन प्रक्रिया नरोकिने बताएका छन् ।

‘नयाँ नेतृत्व चयनका लागि रेल गुडिसक्यो, अब रोकिन्न’, उनले भने, ‘हामी अब निर्णायक मोडमा पुगिसकेका छौँ । अब निर्वाचन प्रक्रियाले गति लिइसकेको छ ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : १४ बजे

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन

विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक

विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम