बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै « Khabarhub

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रङ्गशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ । लिगमा १७ क्लबको सहभागिता रहनेछ भने बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा हुने छ । त्यस्तै बुधबार नै हुने दोश्रो खेलमा श्री भगवती क्लव र चर्च व्वाईज युनाइटेडबीच प्रतिष्पर्धा हुने छ ।

राष्ट्रिय लिग फुटबल लागि आफुहरुले तयारी गरिसकेको र राम्रो नजिता ल्याउन क्लवका प्रशिक्षक र कप्तानहरुले जनाएका छन् । प्रतियोगिता अघि एन्फा कम्प्लेक्स सातदोवाटामो आयोजित प्रिम्याच कन्फ्रेन्समा उनीहरुले नेपाली घरेलु लिग चलायमान हुन लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो टीमको योजना सुनाएका थिए ।

राष्ट्रिय लिगमा ए–डिभिजन क्लबहरु चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ, एनआरटी, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब, एपिएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब सहभागी हुँदैछन् ।

त्यस्तै एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका लालीगुराँस एशोसियनस, चित्लाङ क्लब, नव जनजागृति क्लब र काक्रेविहार स्पोट्र्स क्लब सहभागी हुँदैछन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १० : ०९ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव