इरानसँगको महत्वपूर्ण नाका बन्द भएपछि बलोचिस्तानमा प्रदर्शन « Khabarhub

इरानसँगको महत्वपूर्ण नाका बन्द भएपछि बलोचिस्तानमा प्रदर्शन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानसँगको महत्वपूर्ण नाका बन्द भएपछि पाकिस्तानको बलोचिस्तानमा प्रदर्शन भएको छ । इरानसँगको अब्दोइ नाका बन्द भएपछि बलोचिस्तानको तुर्बत क्षेत्रमा प्रदर्शन गरिएको हो ।

द बलोचिस्तान पोस्टका अनुसार तुर्बतको गुलाम नबी चोकबाट शुरु भएको प्रदर्शन शहीद फिदा चोकमा पुगेर समापन भएको थियो । सीमा क्षेत्रका अगुवा सरदार वाली यालाङजाइको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरुले सरकारविरोधी नारा लगाउँदै ‘आर्थिक नाकाबन्दी’ को विरोध गरेका थिए ।

हप्तौँदेखि नाका बन्द हुँदा सीमा क्षेत्रमा बसोबास गर्ने जनताको आर्थिक अवस्था खस्किँदै गएकोे जनाएका छन् । सो क्षेत्रमा सीमापार इन्धन र अन्य सामानको व्यापार गरेर जीविकोपार्जन गर्नेहरु सबैभन्दा बढी प्रभावित भएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ ।

यद्यपि प्रशासनले भने आज नभए भोलि नाका सञ्चालनमा आउने आश्वासन दिँदै आएको प्रदर्शनकारीले जनाएका छन् । तर, आश्वासनअनुसार नाका सञ्चालन नहुँदा प्रदर्शनमा उत्रिन बाध्य भएको प्रदर्शनकारीको भनाइ छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ४८ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि