बलोचिस्तानमा एउटै परिवारका चार जनालाई बेपत्ता पारिएपछि प्रदर्शन « Khabarhub

बलोचिस्तानमा एउटै परिवारका चार जनालाई बेपत्ता पारिएपछि प्रदर्शन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा एउटै परिवारका चार जनालाई बेपत्ता पारिएको विरोधमा प्रदर्शन भएको छ । बलोचिस्तानको केच क्षेत्रमा बेपत्ता पारिएको विरोधमा प्रदर्शन भएको हो ।

बेपत्ता पारिनेमा दुई जना महिला पनि छन् । बेपत्ता पारिनेमा हानी बलोच, हैन निशा, फरिद इजाज र मुजाहिद दिलवश छन् ।

उनीहरुलाई सुरक्षा बलले हुब चौकी क्षेत्रबाट जबरजस्ती नियन्त्रणमा लिएर बेपत्ता पारेको प्रदर्शनकारीको आरोप छ । उनीहरुको अवस्था अझै अज्ञात रहेको बलोचिस्तान पोस्टले जनाएको छ ।

उनीहरुलाई बेपत्ता पारिएको विरोधमा आयोजित प्रदर्शनका क्रममा चीन पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत राजमार्ग ठप्प पारिएको छ । कठ्याङ्ग्रीदो चिसो र शीतलहरको परवाह नगरी प्रदर्शनकारीले आन्दोलन गरेको पोस्टले उल्लेख गरेको छ ।

पछिल्लो समय बलोचिस्तानमा पाकिस्तानी सुरक्षा बलले यसरी नागरिकलाई बेपत्ता पार्ने घटना बढ्दै गएकोमा मानव अधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ०१ बजे

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि