बलोचिस्तानमा एउटै परिवारका चार जनालाई बेपत्ता पारिएपछि प्रदर्शन « Khabarhub

बलोचिस्तानमा एउटै परिवारका चार जनालाई बेपत्ता पारिएपछि प्रदर्शन


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बलोचिस्तानमा एउटै परिवारका चार जनालाई बेपत्ता पारिएको विरोधमा प्रदर्शन भएको छ । बलोचिस्तानको केच क्षेत्रमा बेपत्ता पारिएको विरोधमा प्रदर्शन भएको हो ।

बेपत्ता पारिनेमा दुई जना महिला पनि छन् । बेपत्ता पारिनेमा हानी बलोच, हैन निशा, फरिद इजाज र मुजाहिद दिलवश छन् ।

उनीहरुलाई सुरक्षा बलले हुब चौकी क्षेत्रबाट जबरजस्ती नियन्त्रणमा लिएर बेपत्ता पारेको प्रदर्शनकारीको आरोप छ । उनीहरुको अवस्था अझै अज्ञात रहेको बलोचिस्तान पोस्टले जनाएको छ ।

उनीहरुलाई बेपत्ता पारिएको विरोधमा आयोजित प्रदर्शनका क्रममा चीन पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत राजमार्ग ठप्प पारिएको छ । कठ्याङ्ग्रीदो चिसो र शीतलहरको परवाह नगरी प्रदर्शनकारीले आन्दोलन गरेको पोस्टले उल्लेख गरेको छ ।

पछिल्लो समय बलोचिस्तानमा पाकिस्तानी सुरक्षा बलले यसरी नागरिकलाई बेपत्ता पार्ने घटना बढ्दै गएकोमा मानव अधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ०१ बजे

सम्भावना र चुनौतीबीच सम्हालिएर अघि बढे सफल हुन्छ बालेन सरकार

काठमाडौं– शुक्रबार देशले नयाँ सरकार प्राप्त गरेको छ । राष्ट्रिय

विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन

म्याग्दी– विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा

अनमोलसतिहका कलाकारले दिए प्रधानमन्त्री बालेन्द्रलाई बधाई

काठमाडौं – नेपालमा कला क्षेत्रबाट उदाएका पहिलो प्रधानमन्त्री बालेन्द्र शाह

पूजाअर्चनासहित सरकारी निवासमा प्रधानमन्त्री शाह (तस्बिरहरू)

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह विशेष पूजाअर्चनासहित शुक्रबार अपराह्न बालुवाटारस्थित

मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादनमा गिरावट

तनहुँ– यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्