काठमाडौं- पछिल्लो समय भारत र रुसबीच समुद्री सहकार्य मजबुत बन्दै गएको छ । दुई मुलुकबीच पछिल्लो समय जहाज निर्माण, आर्कटिक क्षेत्रमा समुद्री क्षमता विस्तार, नयाँ पारवहन मार्गको पहिचानजस्ता क्षेत्रमा सहकार्य बढ्दै गएको हो ।
यस सहकार्यलाई भारतका बन्दरगाह, समुद्री परिवाहन तथा जलमार्गमन्त्री सर्वानन्द सानोवलले ‘विश्वव्यापी सहकार्य र समुद्री कनेक्टिभिटीमा नयाँ युग’ को संज्ञा दिएका छन् । गत डिसेम्बर महिनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा दुई मुलुकबीच समुद्री सहकार्य मजबुत बनाउने सहमति भएको थियो ।
दुई मुलुकले सन् २०३० सम्म द्विपक्षीय व्यापार १ खर्ब अमेरिकी डलरसम्म पु¥याउने लक्ष्य राखेका छन् । यस लक्ष्यमा जहाज सञ्चालन र लजिस्टिक क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने जानकारहरु बताउँछन् ।
सोनोवलले भारत र रुसबीच कायम रणनीतिक साझेदारीमा जोड दिँदै अन्तर्राष्ट्रिय उत्तर दक्षिण पारवहन करिडोर र चेन्नाइ भ्लादिभोस्तोक करिडोरले महत्वपूर्ण भूमिका खेल्ने जनाए ।













प्रतिक्रिया