कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित « Khabarhub

कोपा डेल रे : सेमिफाइनलमा एट्लेटिकोसँग बार्सिलोना ४-० ले पराजित


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा डेल रेलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले लज्जास्पद हारको सामना गरेको छ । घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको एट्लेटिको म्याड्रिडसँग बार्सिलोना ४–० ले पराजित भएको हो ।

बार्सिलोनाले खेलको सुरुवातमा गरेको आत्मघाती गोलले उसलाई मैदानमा कमजोर बनाएको थियो । पहिलो गोल बार्सिलोनाका एरिक गार्सियाले गोलरक्षकलाई पास दिँदा भएको थियो ।

दोस्रो गोल खेलको १४ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गरे भने तेस्रो गोल ३३ औं मिनेटमा लुकम्यानले गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा अल्भारेजले गोल गर्दै पहिलो हाफमा बार्सिलोनमाथि एट्लेटिकोले ४ गोल गरेको थियो ।

पहिलो हाफमै ४–० ले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गर्न नसक्दा लज्जास्पद हारको सामना गरेको हो । उसका लागि दोस्रो हाफमा पाउ कुबार्सीले गरेको गोल अफसाइट ठहरिएको थियो ।

खेलको सुरुमै दबाबमा परेको बार्सिलोनाका एरिक गार्सियाले फउल गरेपछि रातो कार्ड पाएर मैदान छोड्न बाध्य भएका थिए । उनले एलेक्स बेनालाई फउल गरेपछि खेलको अन्तिमतिर रातोकार्ड पाएका हुन् ।

सेमिफाइनलको दोस्रो लेगको खेल मार्चा ३ तारिखमा बार्सिलोनाको मैदानमा हुनेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : ५३ बजे

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम