चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म ५० प्रतिशत काम सम्पन्न (तस्बिरहरू)  « Khabarhub

चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म ५० प्रतिशत काम सम्पन्न (तस्बिरहरू) 


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक विस्तार कार्य करिब ५० प्रतिशत सम्पन्न भएको छ।

चीन सरकारको अनुदानमा निर्माण गर्ने भनिएको कलंकी–बसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले उक्त क्षेत्रमा आफ्नै लगानीमा काम अघि बढाएको हो। चालु आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपलब्ध बजेटका आधारमा हाल सात सय मिटर दूरीमा ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ। पहिलो चरणमा यही खण्डमा कालोपत्रे गर्ने तयारी छ।

दीर्घकालीन योजनाअनुसार महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल)सम्म सडक विस्तार गर्ने लक्ष्य रहेको छ। यस खण्डको काम समयमै सम्पन्न भएमा चक्रपथ क्षेत्रको यातायात व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : २६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको