चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म ५० प्रतिशत काम सम्पन्न (तस्बिरहरू)  « Khabarhub

चक्रपथ विस्तार : नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्म ५० प्रतिशत काम सम्पन्न (तस्बिरहरू) 


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चक्रपथ विस्तार अन्तर्गत नारायण गोपाल चोकदेखि चप्पल कारखानासम्मको सडक विस्तार कार्य करिब ५० प्रतिशत सम्पन्न भएको छ।

चीन सरकारको अनुदानमा निर्माण गर्ने भनिएको कलंकी–बसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले उक्त क्षेत्रमा आफ्नै लगानीमा काम अघि बढाएको हो। चालु आर्थिक वर्षका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उपलब्ध बजेटका आधारमा हाल सात सय मिटर दूरीमा ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ। पहिलो चरणमा यही खण्डमा कालोपत्रे गर्ने तयारी छ।

दीर्घकालीन योजनाअनुसार महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल)सम्म सडक विस्तार गर्ने लक्ष्य रहेको छ। यस खण्डको काम समयमै सम्पन्न भएमा चक्रपथ क्षेत्रको यातायात व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ११ : २६ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन