बंगलादेशको राजनीति दक्षिणपन्थी बाटोमा « Khabarhub

बंगलादेशको राजनीति दक्षिणपन्थी बाटोमा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार सम्पन्न चुनावको नतिजा सार्वजनिक भएसँगै बंगलादेशको राजनीति अब दक्षिणपन्थी बाटोतर्फ मोडिएको छ । यस निर्वाचनको अनौपचारिक नतिजामा बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीले दुई तिहाइ बहुमत प्राप्त गरेको छ ।

बंगलादेशको द डेली स्टारले जनाएअनुसार कुल २ सय ९९ सिट रहेको बंगलादेशी संसदमा बीएनपीले २ सय १० सिट प्राप्त गरेको छ । दोस्रो भएको इस्लामवादी पार्टी जमात ए इस्लामी र उसका साझेदारले ६९ सिट प्राप्त गरेका छन् ।

इस्लामी आन्दोलन बंगलादेशले एक र अन्य पार्टीले छ सिट पाएका छन् ।

निर्वाचनमा जित हासिल गरेपनि पार्टीले सडकमा विजयोत्सव नमनाउने जनाएको छ । बरु, मस्जिदमा शुक्रबारको नमाज पढ्न आफ्ना समर्थकलाई बीएनपीले आह्वान गरेको छ ।

तत्कालीन राष्ट्रपति जियाउर रहमानले सन् १९७८ मा स्थापना गरेको बीएनपी बंगलादेशी राष्ट्रवादको हिमायती मानिन्छ । लामो समयसम्म यस पार्टीलाई रहमानकी श्रीमती तथा वर्तमान बीएनपी नेता तारिक रहमानकी आमा बेगम खालिदा जियाले नेतृत्व गरेकी थिइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १ : ४८ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले