६ नेपाली फिल्म हलमा « Khabarhub

६ नेपाली फिल्म हलमा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गते शुक्रबारबाट तीन फिल्महरु ‘बिगुल’, ‘शिवांश’ र ‘श्री बुकुरो’ एक साथ प्रदर्शनमा आएका छन् । योसँगै प्रदर्शनरत नेपाली फिल्मको संख्या ६ पुगेको छ ।

माघ १६ गतेदेखि प्रदर्शनमा आएको ‘आबाट आमा’, माघ २३ बाट प्रदर्शनमा आएका ‘कुमारी’ र ‘रमिताको पिरती’ हलमा नै छन् ।

राजनीतिक कथामा बनेको ‘बिगुल’मा नायिका बेनिशा हमाल, वरिष्ठ कलाकार नीर शाह र सरोज खनाल शीर्ष भूमिकामा छन् ।

पारिवारिक कथामा बनेको फिल्म ‘श्री बुकुरो’मा वरिष्ठ कलाकार लक्ष्मी गिरी शीर्ष भूमिकामा छिन् । नायक आर्शिवाद क्षेत्री र नायिका निकिता आर्चाय मुख्य भूमिकामा छन् ।

नायक प्रवीण खतिवडा स्टारर फिल्म ‘शिवांश’ साधुको हुलियामा हुने अपराधको कथामा बनेको छ ।

यसअघि नै प्रदर्शनमा आएका तीन फिल्महरु दर्शकलाई हलसम्म तान्न प्रयासरत छन् । ‘आबाट आमा’ हिट बन्न दर्शक तान्ने प्रयासमा देखिन्छ ।

परिवारिक कथामा बनेको फिल्म ‘आबाट आमा’को व्यापार ६ करोड ६६ लाखभन्दा माथि रहेको निर्माण पक्षले दाबी गरेको छ । १० करोडमाथि व्यापार गर्ने फिल्मलाई हिट मानिन्छ ।

‘आबाट आमा’मा नायक पल शाह, नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त यस फिल्मको शीर्ष भूमिकामा छन् ।

लभस्टोरी जनराका ‘कुमारी’ र ‘रमिताको पिरती’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन् । तथापि यी दुवै फिल्मको व्यापार सामान्य छ ।

त्यस्तै, शुक्रबारबाट दुई भारतीय फिल्म पनि प्रदर्शनमा आएका छन् । नायक साहिद कपुर स्टारर ‘ओ रोमियो’ र ‘तु या मे’ प्रदर्शनमा आएका हुन् ।

‘ओ रोमियो’ क्राइम थ्रिलर जनरामा बनेको हो । ‘तु या मे’ लभस्टोरी जनरामा बनेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : २२ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने