६ नेपाली फिल्म हलमा « Khabarhub

६ नेपाली फिल्म हलमा


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गते शुक्रबारबाट तीन फिल्महरु ‘बिगुल’, ‘शिवांश’ र ‘श्री बुकुरो’ एक साथ प्रदर्शनमा आएका छन् । योसँगै प्रदर्शनरत नेपाली फिल्मको संख्या ६ पुगेको छ ।

माघ १६ गतेदेखि प्रदर्शनमा आएको ‘आबाट आमा’, माघ २३ बाट प्रदर्शनमा आएका ‘कुमारी’ र ‘रमिताको पिरती’ हलमा नै छन् ।

राजनीतिक कथामा बनेको ‘बिगुल’मा नायिका बेनिशा हमाल, वरिष्ठ कलाकार नीर शाह र सरोज खनाल शीर्ष भूमिकामा छन् ।

पारिवारिक कथामा बनेको फिल्म ‘श्री बुकुरो’मा वरिष्ठ कलाकार लक्ष्मी गिरी शीर्ष भूमिकामा छिन् । नायक आर्शिवाद क्षेत्री र नायिका निकिता आर्चाय मुख्य भूमिकामा छन् ।

नायक प्रवीण खतिवडा स्टारर फिल्म ‘शिवांश’ साधुको हुलियामा हुने अपराधको कथामा बनेको छ ।

यसअघि नै प्रदर्शनमा आएका तीन फिल्महरु दर्शकलाई हलसम्म तान्न प्रयासरत छन् । ‘आबाट आमा’ हिट बन्न दर्शक तान्ने प्रयासमा देखिन्छ ।

परिवारिक कथामा बनेको फिल्म ‘आबाट आमा’को व्यापार ६ करोड ६६ लाखभन्दा माथि रहेको निर्माण पक्षले दाबी गरेको छ । १० करोडमाथि व्यापार गर्ने फिल्मलाई हिट मानिन्छ ।

‘आबाट आमा’मा नायक पल शाह, नायिकाहरु उषा उप्रेती र सिम्रन पन्त यस फिल्मको शीर्ष भूमिकामा छन् ।

लभस्टोरी जनराका ‘कुमारी’ र ‘रमिताको पिरती’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएका छन् । तथापि यी दुवै फिल्मको व्यापार सामान्य छ ।

त्यस्तै, शुक्रबारबाट दुई भारतीय फिल्म पनि प्रदर्शनमा आएका छन् । नायक साहिद कपुर स्टारर ‘ओ रोमियो’ र ‘तु या मे’ प्रदर्शनमा आएका हुन् ।

‘ओ रोमियो’ क्राइम थ्रिलर जनरामा बनेको हो । ‘तु या मे’ लभस्टोरी जनरामा बनेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : २२ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा