विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ « Khabarhub

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व प्रेस काउन्सिलका उपाध्यक्ष एवम् वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन् । 

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ८० औं जन्मजयन्तीको अवसरमा जनआस्था साप्ताहिकका अध्यक्षसमेत रहेका उनलाई उक्त सम्मान गरिएको हो ।

भक्तपुरको सूर्यविनायकस्थित होटल भादगाउँमा आयोजित एक कार्यक्रममा उनलाई सम्मानपत्रसहित एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । 

पत्रकारितामार्फत् दिएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै श्रेष्ठलाई सम्मान गरिएको करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिले जनाएको छ ।

विश्व प्रेस काउन्सिलमा सक्रिय सहभागितामार्फत् नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय मञ्चमा लैजान श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेको प्रालिले जनाएको छ।

अनेक चुनौतीबीच सत्यको पक्षमा अडिग रहनसक्ने पत्रकारिता संस्कार निर्माणमा उनको योगदान उल्लेखनीय रहेको उल्लेख गर्दै प्रालिले जनाएको छ।

प्रेस स्वतन्त्रता,आचारसंहिता तथा पत्रकारको पेशागत मर्यादासम्बन्धी विश्वव्यापी बहसमा नेपालको आवाज लगेकोमा श्रेष्ठलाई सम्मान गरिएको प्रालिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : २० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह