आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध « Khabarhub

आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रूपन्देही जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न र आचारसंहिता कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आज सूचना जारी गरी सम्पूर्ण दल एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई आचारसंहिता विपरीतका गतिविधि नगर्न नगराउन अनुरोध गरेको छ । 

सूचनामा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा निर्वाचन आचारसंहिता, २०८२ जारी भई लागू भइसकेको अवस्था विभिन्न दल एवं प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारहरूबाट निर्वाचन आचारसंहिता विपरीतका विभिन्न गतिविधिहरू भइरहेको गुनासो प्राप्त हुन आएकाले निर्वाचन आचारसंहिता २०८२, विपरीतका गतिविधि नगर्न नगराउन ध्यानाकर्षण गराइएको छ । 

सूचनामा आगामी फागुन ४ गतेदेखि हुने विभिन्न कार्यक्रममा (जुलुस, आमसभा, कोणसभा, भेला जस्ता कार्यक्रम) निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न अनुरोध गरिएको छ । 

सूचनामा राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि कार्यक्रम गर्नुअघि स्थानीय प्रशासन र प्रहरीलाई कार्यक्रमको मिति, समय, मार्ग र स्थानका सम्बन्धमा जानकारी गराउन साथै स्थानीय प्रशासनको पूर्व स्वीकृति लिएर मात्र त्यस्ता खालका कार्यक्रम गर्नु गराउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : २२ बजे

आज २०८३ साल जेठ ३० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३० गते शनिबार अधिक जेठ

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन