सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र « Khabarhub

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन माग गर्दै चितवन-२ बाट नेपाली कांग्रेसकी उमेदवार मीना खरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम लामो समयदेखि फिर्ता नपाएको गुनासो गर्दै तत्काल प्रभावकारी पहल गरिदिन पीडितहरूले आग्रह गरेका छन् । उनीहरूले १३ बुँदे माग पेस गरेका छन् । सहकारी व्यवस्थापन तथा नियमनको कमजोरीले हजारौँ सर्वसाधारण मारमा परेको उनीहरूले जनाएका छन् ।

ज्ञापनपत्र बुझाउँदै सहकारीपीडित संघर्ष समितिका संयोजक शालीग्राम दुवाडीले बचत रकम फिर्ता नपाउँदा आफूहरू पीडामा रहेको बताए । ‘हामीले जीवनभरको कमाइ सहकारीमा राख्यौँ । तर, अहिले आफ्नो रकम फिर्ता नपाएर आर्थिक तथा मानसिक पीडामा छौँ,’ दुवाडी भन्छन्, ‘हाम्रो रकम सुरक्षित रूपमा फिर्ता गराउन सम्बन्धित निकायसँग पहल गरिदिन अनुरोध गर्दछौँ ।’

उमेदवार खरेलले पीडितहरूको मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताइन् । समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । सहकारी क्षेत्रको समस्या समाधान गर्न आवश्यक कानुनी तथा नीतिगत पहलका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनले बताइन् ।

चितवनमा पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अनियमितताका कारण बचतकर्ताहरू आन्दोलित हुँदै आएका छन् । पीडितहरूले छिटो छानबिन गरी दोषीमाथि कारबाही र बचत रकम फिर्ताको सुनिश्चितता गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : ०० बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०