कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही « Khabarhub

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ व्यक्तिविरुद्ध नभई कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध रहेको बताएका छन्। आज वीरेन्द्रनगर, सुर्खेतमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

यसअघि सुर्खेतको छिन्चुमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका शाहीले वीरेन्द्रनगरमा आयोजित सभामा आफ्नो भनाइलाई अझ स्पष्ट पार्दै भने, ‘यो लडाइँ जुम्ला र कर्णालीका उम्मेदवारहरूसँगको होइन। यो लडाइँ जुम्ला र कर्णालीलाई दासत्व सम्झिने, केन्द्र सत्तामा बसेर हेप्ने प्रवृत्तिका विरुद्धमा हो।’

उनले विगतका सरकारहरूले कर्णालीलाई विकासको मूलधारबाट टाढा राखेको आरोप लगाउँदै शिक्षा, स्वास्थ्य, सडक, सञ्चार र रोजगारीका अवसरमा कर्णाली अझै पछाडि पारिएको बताए।

‘कर्णालीका युवाहरू रोजगारीका लागि देश–विदेश भौतारिन बाध्य छन्, किसानले उत्पादनको उचित मूल्य पाउँदैनन्, विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित छन्। यी समस्या उम्मेदवारका कारण होइनन्, प्रवृत्तिका कारण हुन्,’ उनले भने।

शाहीले केन्द्रमा बसेर कर्णालीलाई केवल मतदाताको संख्या र स्रोतको हिसाबले हेर्ने सोच अन्त्य हुनुपर्नेमा जोड दिए। उनले कर्णालीको प्राकृतिक स्रोत, सांस्कृतिक पहिचान र ऐतिहासिक योगदानको चर्चा गर्दै राज्यले सम्मान र समान व्यवहार गर्नुपर्ने धारणा राखे।

उनका अनुसार कर्णाली अब माग्ने होइन, आफ्नो अधिकार लिने चरणमा प्रवेश गरेको छ। ‘हामी कसैसँग व्यक्तिगत द्वेष राख्दैनौँ। तर कर्णालीमाथि हुने अन्याय, विभेद र हेपाह प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिन्छौँ,’ उनले भने।

सभामा उपस्थित जनसमुदायले नाराबाजी गर्दै समर्थन जनाएको थियो। कार्यक्रममा विभिन्न स्थानीय अगुवा, युवाहरू, महिला प्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा शाहीले कर्णालीका नागरिकलाई एकताबद्ध भई आफ्नो हक र सम्मानका लागि जागरूक हुन आह्वान गरे। उनले जनताको साथ, सहयोग र विश्वासले मात्रै परिवर्तन सम्भव हुने विश्वास व्यक्त

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  १० : ३० बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र