माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब  « Khabarhub

माइडियाले ल्यायो पाँच मोडलका इन्डक्शन हब 


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होम एप्लायन्स ब्रान्ड माइडियाले आधुनिक प्रविधिमा आधारित इन्डक्शन हबलाई ग्यासको वैकल्पिक समाधानका रूपमा नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ । 

विद्युतीय चुम्बकीय प्रविधिमा सञ्चालन हुने इन्डक्सन हबले छिटो, सुरक्षित तथा ऊर्जा-दक्ष तरिकाले खाना पकाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार माइडियाका इन्डक्सन हबहरूमा टच कन्ट्रोल तथा पुश बटन कन्ट्रोल प्रणाली, ठूलो कुकिङ जोन, तापक्रमको विभिन्न स्तरमा नियन्त्रण गर्न सकिने सुविधा, टाइमर सेटिङ, ऊर्जा बचत प्रविधि, ओभरहिटिङ प्रोटेक्सन तथा मल्टी सेफ्टी प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ । 

कम आवाजमा सञ्चालन हुने डिजाइन र विभिन्न प्रकारका भाँडाहरू प्रयोग गर्न मिल्ने संरचनाले दैनिक प्रयोगका लागि यसलाई अझ सहज बनाउने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा हाल MC-CLC22W15, MC-VS213R-EMC, RTY2014, SKY1914 तथा MC-3D3001R212 गरी पाँच फरक मोडलका इन्डक्शन हब  उपलब्ध छन् । यी मोडलहरू फरक-फरक पावर क्षमतासहित उपलब्ध छन् र सबै उत्पादनमा २४ महिनाको वारेन्टी प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ६ : ३६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको