भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै « Khabarhub

भोजपुरमा आगामी वैशाख ६ देखि नवौँ मेयर गोल्डकप हुँदै


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– आगामी वैशाख ६ देखि १२ गतेसम्म भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा नवौँ संस्करणको ‘मेयर भोजपुर गोल्डकप’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सञ्चालन हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित कुल आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र आकर्षक बनाउन उत्कृष्ट टोलीहरूको सहभागिता सुनिश्चित गरिएको आयोजकले जनाएको छ ।

जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीनकुमार सुवालका अनुसार प्रतियोगिताका विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सातदोबाटो युथ क्लब, एपिएफ फुटबल, प्लानिङ ब्वाइज युनाइटेड, एल एक्स सिटी (मोरङ), सङ्खुवासभा–११, केपिलासगढी गाउँपालिका (खोटाङ), द गोर्खाज फुटबल एकेडेमी (उदयपुर) र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको सहभागिता रहनेछ ।

पुरुषतर्फको प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यसैबीच, वैशाख १७ देखि २० गतेसम्म आठौँ संस्करणको ‘मेयर कप’ महिला फुटबल प्रतियोगिता पनि आयोजना गरिनेछ । महिला फुटबल प्रतियोगितामा विजेताले एक लाख ६ हजार र उपविजेताले ५१ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । बाहिरबाट सहभागी हुने टोलीहरूलाई तयारी खर्चस्वरूप २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनकै अवसरमा यसअघि सम्पन्न प्रतियोगिताहरूको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १० : ५३ बजे

गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा