सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल « Khabarhub

सलहेश फूलबारी मेलामा भक्तजनको चहलपहल


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिरहा– नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुने लहानस्थित ऐतिहासिक तथा धार्मिक स्थल सलहेश फूलबारी मेलामा भारतीय श्रद्धालुहरूको आगमन सुरु भएको छ । मेला सुरु हुनुभन्दा दुई दिनअगावै भक्तजनहरूको चहलपहल बढ्न थालेको हो ।

लहान नगरपालिका–१२ र २२ मा अवस्थित सलहेश फूलबारीमा नयाँ वर्षको दिन मात्र फुल्ने विश्वास गरिने माला आकारको सुनाखरी फूल अवलोकन गर्न तथा पूजाअर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ श्रद्धालु आउने गर्छन् ।

मेला व्यवस्थापन समितिका अध्यक्ष दशमीलाल चौधरीका अनुसार मन्दिरअगाडि रहेको हारमको रूखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न सुरु गरेको छ । तर, फक्रिन बाँकी रहेको छ । करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारी क्षेत्रमा अहिले नै भक्तजनहरू आउने क्रम जारी रहेको उनले जानकारी दिए ।

श्रद्धालुहरू दिनरात फूलबारी परिसरका रूखमुनि पाल टाँगेर बस्न थालेका छन् । बढ्दो पर्यटकको सङ्ख्यासँगै यहाँ पूर्वाधारको अभाव खड्किएको छ । स्थानीय वीरेन्द्र चौधरीले श्रद्धालु भक्तजनका लागि व्यवस्थित धर्मशालाको अभाव रहेको गुनासो गरे ।

लोकगाथाअनुसार महिषोथा (सिरहा) मा जन्मिएका लोकनायक राजा सलहेशको प्रेमस्थलका रूपमा यस फूलबारीलाई लिइन्छ । राजा सलहेश र उनको प्रेमिका मालिनीको प्रेमको प्रतीकका रूपमा सुनाखरी फूललाई मानिन्छ ।

राजा सलहेशको वीरता, साहस र प्रेमसँग सम्बन्धित गाथाको स्मरणमा हरेक वर्ष वैशाख १ गते यहाँ मेला आयोजना गरिन्छ । तराई क्षेत्रमा पासवान समुदायका इष्टदेव मानिने सलहेशको पूजा गर्दा सन्तान प्राप्ति तथा विभिन्न रोगबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

सरकारले यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरे पनि ठोस विकास हुन नसकेको सरोकारवालाहरू बताउँछन् । जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा र लहानका अध्यक्ष प्रदीपकुमार गुप्ताले तीनै तहका सरकार तथा सरोकारवाला निकायले एकीकृत गुरुयोजना बनाएर काम गर्न सके यस क्षेत्रलाई अझ आकर्षक धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : १९ बजे

गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा