वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर « Khabarhub

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्राप्त तथ्यांक अनुसार चैत महिनाको तुलनामा वैशाखमा व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदरमा केही गिरावट आएको छ भने संस्थागततर्फ सामान्य वृद्धि देखिएको छ ।

बैंकहरूले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनामा वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ४.४९ प्रतिशत रहेको वैशाख महिनाका लागि झिनो अंकले घटेर ४.४१ प्रतिशत कायम भएको छ । यो चैत महिनाको तुलनामा ०.०८ प्रतिशत विन्दुले कम हो ।

वैशाखमा सबैभन्दा बढी ब्याजदर दिने बैंकहरूमा एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्, जसले व्यक्तिगततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेका छन् । सबैभन्दा कम ब्याजदर सिद्धार्थ बैंकको ४ प्रतिशत रहेको छ ।

चैत महिनाको तुलनामा वैशाख महिनामा संस्थागत निक्षेपतर्फ भने औसत ब्याजदरमा सामान्य वृद्धि हुने भएको छ । चैतमा ३.२९ प्रतिशत रहेको संस्थागत औसत ब्याजदर वैशाखमा ३.३३ प्रतिशत पुगेको छ । तथ्यांक अनुसार संस्थागततर्फ समग्रमा ०.०६ प्रतिशतको अन्तर देखिएको हो ।

ब्याजदर घटाउने र बढाउने बैंकहरू

वैशाख महिनाका लागि ६ वटा बैंकले व्यक्तिगत तर्फको ब्याजदर घटाएका छन् भने एउटा बैंकले बढाएको छ । ब्याजदर घटाउने बैंकहरूमा हिमालयन बैंक (०.५०%), सिटिजन्स बैंक (०.३५%), सिद्धार्थ बैंक र एनआईसी एसिया (०.२५%), एभरेष्ट बैंक (०.२०%) र स्ट्याण्डर्ड चार्टर्ड (०.०१%) रहेका छन् । कृषि विकास बैंकले भने व्यक्तिगततर्फ ०.०४ प्रतिशत र संस्थागततर्फ ०.०३ प्रतिशतले ब्याजदर बढाएको छ ।

नेपाल बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, प्राइम, प्रभु, माछापुच्छ्रे, एनएमबि, सानिमा, राष्ट्रिय वाणिज्य र एनआईएमबिले भने वैशाख महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : १० बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि