केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै « Khabarhub

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ ।

अब उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डबाट आइसियुमा सार्ने तयारी भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराले बताए ।

उपचारमा संलग्न चिकित्सकले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । आज बिहान पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको थियो । ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको थियो । चैत १४ पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो ।

स्वास्थ्य अवस्थाको कारण देखाउँदै ओली सोही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । ओलीको गिरफ्तारी लगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनलाई अस्पतालमै राखिएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १२ : २० बजे

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा