गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन « Khabarhub

गगनलाई पूर्णबहादुरको चुनौती : कुनै नेताको आवेगले कसैको क्रियाशील सदस्यता खारेज गर्न सक्दैन


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र देखिएको विवादका बीच कार्यवाहक सभापतिको हैसियतमा कडा वक्तव्य जारी गरेका छन्।

ललितपुरस्थित बी.पी. स्मृति भवनका नाममा जारी प्रेस विज्ञप्तिमा खड्काले क्रियाशील सदस्यता कुनै नेताको आवेग वा भाषणमार्फत् खारेज गर्न नसकिने स्पष्ट पारेका छन्।

उनले पञ्चायती व्यवस्थाको समयमा जोखिम मोलेर लिइएको सदस्यता ऐतिहासिक संघर्ष, लोकतन्त्र र शहिदको सम्मानसँग जोडिएको भन्दै त्यसलाई हल्का रूपमा लिन नहुने बताएका छन्।

पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा एकपक्षीय रूपमा विशेष महाधिवेशन गरी त्यसबाट बनेको कार्यसमितिलाई मान्यता दिन खोजिएकोप्रति पनि उनले आपत्ति जनाएका छन्। यस्तो निर्णय पार्टी विधान, संविधान र प्रचलित कानुनविपरीत रहेको उनको भनाइ छ।

खड्काले २०८३ वैशाख २८–३१ मा काठमाडौंमा हुने तय गरिएको १५औं महाधिवेशनको कार्यतालिकाभित्रै सदस्यता नवीकरण तथा वितरण भइसकेको अवस्थामा पुनः सदस्यता खारेज वा नयाँ प्रक्रिया थाल्ने कुरा अवैधानिक र पूर्वाग्रही भएको उल्लेख गरेका छन्।

उनले महाधिवेशन नभइकन फेरि सदस्यता नवीकरणको कुरा उठाउनु अनुचित भएको भन्दै छुटेका सदस्यलाई अवसर दिँदै पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशन सम्पन्न गरिने स्पष्ट पारे।

वक्तव्यमा पार्टीभित्र एकता कायम गर्नुपर्ने बेला विभाजन निम्त्याउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ। साथै, कार्यकर्ता र समर्थकलाई भ्रममा नपरी राष्ट्र, जनता र पार्टीको हितमा सक्रिय रहन अपिल गरिएको छ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : ०७ बजे

अखिल क्रान्तिकारीको नारा : सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– मन्त्रीपरिषदका सदस्यहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन र निष्पक्ष

फेरि विवादमा गृहमन्त्री : आलोचनापछि हटाए स्टोरी, रक्षा बमले दिइन् कडा चेतावनी

काठमाडौं- सुधन गुरूङ को सामाजिक सञ्जाल अभिव्यक्तिलाई लिएर विवाद चर्किएको

अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई आर्थिक समस्या परेको छ

अकल्पनीय परिवर्तनको साक्षी २०८२ : युवाको अग्निपरीक्षा

काठमाडौँ । वर्ष २०८२ ले तीनवटा सरकार झेलेको छ ।

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्