संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड « Khabarhub

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको कार्यान्वयनमा जोड दिएका छन् । 

सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनीहरूले समितिले निकै मेहनत र गम्भीर भएर छलफलमार्फत सरकारलाई आवश्यक निर्देशन र सुझाव दिए पनि कार्यान्वयनको अवस्था फितलो रहेको भन्दै समितिको निर्देशन कार्यान्वयनमा जोड दिएका हुन् । 

समितिको वार्षिक कार्य योजनाको बारेमा छलफल गर्दै उनीहरूले आगामी दिनमा जनसरोकारका मुद्दाहरूलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने समेत धारणा राखेका छन् ।

राष्ट्रिय सभा सदस्य कमला पन्तले भाद्र २३ र २४ को घटनामा भएको सुरक्षा कमजोरीका विषयमा आगामी दिनमा छलफल गर्नुपर्ने बताइन् । उनले यसअघि दिएका निर्देशन कार्यान्वयन नहुनु गम्भीर विषय भएकाले निर्देशन कार्यान्वयन हुने अवस्था बनाउनुपर्नेमा जोड दिइन् ।

त्यस्तै राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले समितिले गहिराइमा पुगेर सुझाव तयार गरे पनि कार्यान्वयनमा कमजोरी देखिएको बताइन् । अहिलेको सरकारलाई झन् समितिको निर्देशन कार्यान्वयन गराउन कठिन हुने देखिएको उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले समितिले तराई मधेशका जनताको समस्या लगायत जनसरोकारका मुद्दाहरूलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने धारणा राखे ।

समिति सभापति कृष्ण प्रसाद पौडेलले समितिले यसअघि गरेको निर्णय र छलफललाई समेत अध्ययनमार्फत प्राथमिकताका साथ विषय उठान गर्दै समितिलाई प्रभावकारी ढंगले अघि बढाउने उल्लेख गरे । 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ३ : २० बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु