आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी « Khabarhub

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य भएको बताउनुभएको छ ।

पोखरामा सम्पन्न लोकसेवा आयोगहरूको दुई दिने छैटौँ राष्ट्रिय सम्मेलनको आज आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रमलाई उनले सम्बोधन गरेका थिए । उनले सो कार्यक्रममा आयोगहरूबाट छनोट हुने कर्मचारीहरू शासकीय प्रभावकारिताका संवाहक भएकाले आयोगको छनोट प्रणालीमा थोरै मात्र त्रुटि भएमा त्यसको असर राज्यले लामो समय भोग्नुपर्ने हुँदा चनाखो हुनुपर्नेमा जोड दिए ।

गौरवशाली इतिहास बोकेको संवैधानिक निकाय लोकसेवा आयोगले आर्जन गरेको जनविश्वास र स्थापित पद्धतिलाई अक्षुण्ण राख्दै प्रविधिमा आएको परिवर्तन, सूचनाको हकको बढ्दो प्रयोग र परिवर्तित सन्दर्भहरूलाई आत्मसात गरी अगाडि बढ्न सकेमा आयोगको विश्वासनीयतामा थप अभिवृद्धि हुने उनको भनाइ छ ।

सम्मेलनले विभिन्न छ बुँदे घोषणपत्रसमेत सार्वजनिक गरेको छ । घोषणापत्रमा प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण ऐन) २०७५ बमोजिम लोकसेवा आयोगको सिद्धान्त र मापदण्ड २०८२ को मस्यौदामा प्राप्त सुझावका आधारमा आयोगबाट स्वीकृत गरी सार्वजनिक गर्ने, लोकसेवा आयोगको सिद्धान्त र मापदण्ड सार्वजनिक भएपछि सोको आधारमा सूचकहरू निर्धारण गरी सबै प्रदेश लोकसेवा आयोगहरूले आवश्यकताअनुसार स्वमूल्यांकन गर्ने वा समकक्षी मूल्यांकन गर्ने, लोकसेवा आयोगहरूको सातौँ सम्मेलन २०८३ फागुन २३ र २४ गते मधेस प्रदेशमा आयोजना गर्नेलगायत छन् । 

सम्मेलनमा लोकसेवा आयोगका सचिव रामेश्वर दङ्गालले लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगबीच समन्वय र सहकार्यको स्थायी संरचना नरहेकाले प्रत्येक वर्ष आयोजना हुने राष्ट्रिय सम्मेलन अत्यावश्यक रहेको बताए। 

सम्मेलनमा सातै प्रदेशका अध्यक्षहरूले राष्ट्रिय सम्मेलनको सान्दर्भिकता एवं आआफ्नो प्रदेश लोकसेवा आयोगले प्रदेश र स्थानीय तहको पदपूर्तिलाई स्वच्छ, निष्पक्ष तथा विश्वसनीय बनाउन गरेका प्रयास तथा काम कारबाहीका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ४ : १६ बजे

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

बेइजिङ– गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं–  नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक

चुलिँदै ग्यास अभाव, लाइनमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले कटान गरेपछि काठमाडौँ भित्रिने

दोस्रो विध्वंसक थप्दै उत्तर कोरिया

एजेन्सी– अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास सुरु