हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो « Khabarhub

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । 

यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए । 

उनले भने, ‘पछिल्लो समय सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसमाथि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दैछन् ।’

प्रधानले हिजो आइतबारमात्रै एक हजार बढी पर्यटक बन्दीपुर आएको जानकारी दिए । उनका अनुसार अन्य समयका आइतबार पर्यटकको चहलपहल निकै कम हुने गर्दथ्यो । 

बन्दीपुरका पर्यटन व्यवसायी वैशबहादुर गुरुङले हप्ताको दुई दिन बिदा दिने निर्णय पर्यटन प्रवर्द्धनका लागि सहयोगी हुने विश्वास व्यक्त गरे। उनले भने, ‘घुम्ने संस्कृति विकास भएका कारण आइतबारको बिदाले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।’

बन्दीपुर गाउँपालिकाले सन् २०२५ मा सञ्चालन गरेको बन्दीपुर भ्रमण वर्षका अवसरमा छ लाख ५० हजार पर्यटक बन्दीपुर भित्रिएका थिए । यहाँका खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ । 

भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थलहरू यहाँ आउने पर्यटकहरूको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । 
 

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ४ : २१ बजे

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक विद्यालयलाई

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको