परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड « Khabarhub

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई हिन्द महासागरसँग कूटनीतिक, आर्थिक र रणानीतिक सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण अवसर प्रदान गरेको विश्वास व्यक्त गरेका छन् ।

मौरिससको पोर्ट लुइसमा यही चैत २८ देखि आजसम्म आयोजित उक्त सम्मेलनमा भाग लिई आज स्वदेश फर्कने क्रममा उहाँले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् ।

मन्त्री खनालले सम्मेलनमा आफूले नियममा आधारित समुद्री सुशासन, जलवायु परिवर्तनका चुनौतीको साझा समाधान तथा दिगो र लचिलो विकासका लागि समन्य र साझा प्रयासको आवश्यकतामाथि जोड दिएको बताउनुभयो । उहाँले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकारका विषयलाई अन्तरराष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्दै समुद्री पहुँच र सम्बन्ध विस्तारमा क्षेत्रीय सहकार्य र साझेदारी विकासका विषयलाई प्राथमिकताका साथ राख्नुपर्ने विषय औँल्याएको अवगत गराए ।

भ्रमणका अवसरमा मन्त्री खनालले मित्रराष्ट्रहरू भारत, भुटान, बङ्गलादेश, सिङ्गापुर, मौरिसस र तान्जानियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको र उक्त भेटले द्विपक्षीय सम्बन्ध र हितका विविध आयामलाई नयाँ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि सम्मेलनमा सम्बोधन गर्दै उहाँले नेपाल संयुक्त राष्ट्रसङ्घीय समुद्री कानुनको हस्ताक्षरकर्ता राष्ट्र रहेकाले यसप्रति प्रतिबद्ध भएको उल्लेख गर्दै भूपरिवेष्टित राष्ट्रहरूलाई उच्च समुद्रमा पहुँच र समुद्री अर्थतन्त्रमा सहभागिताको अधिकार हुने बताएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ८ : २४ बजे

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण