मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित « Khabarhub

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित गरिएको छ ।

दुई स्थानबीच विसं २०४७ मा सांस्कृतिक आदानप्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो । तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वय अभावले दुई दशकयता टुकुचे र तोगा सिटीबीच सम्बन्ध निष्क्रिय बनेको थियो ।

राज्यको पुनःसंरचनापछि तत्कालीन टुकुचे गाविस थासाङ गाउँपालिकामा परेको थियो भने तोगासमेत नाम्तोमा गाभिएका कारणले बीचमा समन्वय टुटेको थियो । सुरूआतका केही वर्ष भने सम्बन्ध राम्रो विकास भएको स्थानीयवासीको भनाइ छ । टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति भएको हो ।

पुनःस्थापित सम्बन्धमार्फत पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान, शिक्षा तथा स्थानीय विकासका क्षेत्रमा सहकार्य गर्ने योजना बनाइएको छ । स्थानीयवासीले यसले टुकुचेको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । टुकुचे गाउँ र जापानको नाम्तो सिटीको तागोकाबीचमा मितेरी सम्बन्धको सांस्कृतिक मिलन उत्सव आइतबार सुरु भएर आज सम्पन्न भएको छ ।

टुकुचेमा एक भव्य कार्यक्रमका बीच सुरू कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको हो । टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेको थियो । कार्यक्रममा सहभागी हुन जापानको तोयामाका प्रेफ्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्तो सिटीका मेयर मिकियो तानाका सहितको १८ सदस्यीय टोली टुकुचे आएको छ ।

टुकुचे र तोगाका बीचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियो । त्यसपछि डेढ दशकसम्म दुई पक्षबीचमा सहयोग आदानप्रदानलगायतका सहकार्य र भ्रमण भए पनि त्यसपछि लामो समय सहकार्य हुन सकेको थिएन ।

लामो प्रयासपछि पुनः सम्बन्ध स्थापित भएको उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाइएको स्थानीय समाजजेवी तथा टुकेचे–तोका मितेरी कार्यसमितिका अध्यक्ष पवन तुलाचनले बाए । ‘धेरै मेहनतपछि सम्बन्ध नवीकरण भएको छ । बीचमा विभिन्न कारणले सम्पर्क टुटेको थियो । अब दुई गाउँ बिचको प्रगाढ सम्बन्धले समग्र देशको समृद्धिमा सघाउ पुग्नेछ’, तुलाचनले भने ।

मितेरी सम्बन्धपछि टुकुचेका ७५ भन्दा बढी युवाले जापानमा गएर सीप सिक्ने मौका पाएको वडाध्यक्ष सुरेश थकालीले बताए । यसका साथै टुकुचेको कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेको उनको भनाइ छ ।

रोकिएको सहकार्य पुनः अघि बढ्ने वडाध्यक्ष थकालीले बताए । नाम्तोका मेयर मिकियो तानाकाले आगामी दिनमा सम्बन्ध अझ विस्तार हुने र दुईपक्षबीच सहयोग आदानप्रदान गरिने बताए ।

कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नुहुने समाजसेवी अर्जुनसिंह तुलाचन र नाम्तोका मेयर मिकियोलाई सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धवलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाले सम्मान गरेको थियो ।

जापानी पाहुना टोलीलाई मुस्ताङको सीमा क्षेत्र घासामा गाउँपालिका अध्यक्ष प्रदीप गौतमलगायतले स्वागत गरेका थिए । उत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रम, तारो हान्ने खेल, विद्यार्थीहरूको नृत्य प्रदर्शन तथा टुकुचेका विभिन्न गाउँहरूको भ्रमण गरिएको थियो । नाम्तोको टोलीले टुकेचेका विभिन्न विद्यालय, गुम्बा तथा गाउँपालिका भवनको समेत अवलोकन गरेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ९ : ०३ बजे

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा