ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु) « Khabarhub

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा फूलले ढकमक्क बनेको छ । सडक किनारमा फुलेका आकर्षक ज्याकरण्डा फूलले वातावरणलाई रमणीय बनाएको छ भने तस्बिर खिच्ने आन्तरिक तथा बाह्य पर्यटकको भीड पनि बढ्न थालेको छ ।

फेवाताल किनार नजिक रहेको गौरीघाट क्षेत्रमा फूल फुलेसँगै बिहानदेखि साँझसम्म घुम्न आउने मानिसहरूको चहलपहल बढेको छ । विशेषगरी युवायुवती, परिवार तथा विदेशी पर्यटकहरू ज्याकरण्डाको सौन्दर्यसँग रमाउँदै फोटो तथा भिडियो खिच्न व्यस्त देखिन्छन् ।

हरेक वर्ष वैशाख–जेठ महिनामा ज्याकरण्डा फूल फुल्ने गर्छ । बैजनी रङका फूलले सडक नै रंगिएजस्तो देखिने भएकाले यो समय गौरीघाट घुम्न आउनेको संख्या उल्लेख्य रूपमा बढ्ने गरेको छ । सामाजिक सञ्जालमा पनि गौरीघाटका तस्बिर र भिडियोहरू व्यापक रूपमा साझा हुन थालेपछि थप पर्यटक आकर्षित भएका छन् ।

पर्यटकहरूका लागि अहिले गौरीघाट ‘फोटो स्पट’ को रूपमा परिचित बन्दै गएको छ । फेवाताल, हिमालको दृश्य र ज्याकरण्डा फूलको संयोजनले यहाँको वातावरण अझ आकर्षक बनेको छ ।

पर्यटन व्यवसायीहरूका अनुसार ज्याकरण्डा फुल्ने मौसमले पोखराको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पारेको छ । होटल, रेस्टुरेन्ट तथा डुंगा व्यवसायमा समेत चहलपहल बढ्न थालेको उनीहरूको भनाइ छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ०७ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा