रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि चितवनमा « Khabarhub

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि चितवनमा


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको स्थापना दिवस पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले दिए ।

बैठकमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । महाधिवशेनको मिति तय भएसंगै पार्टी केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण भएको उनले जानकारी दिए ।

केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरू गठन गरेको छ । महाधिवेशनमा ७७ वटै जिल्लाबाट कम्तिमा २५ सय प्रतिनिधि सहभागी हुने अनुमान गरिएको नेता परियारले बताए ।

त्यसैगरी बैठकले जेठ २६ गते बागमती प्रदेश, २७ गते कोशी प्रदेश, २८ गते मधेस प्रदेश, २० गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने परियारले जानकारी दिए ।

त्यस्तै पालिका अधिवेशन पनि आयोजना गर्ने तयारी भएको उनले बताए। पालिका अधिवेशन हुन नसकेको खण्डमा अहिलेका पालिका संयोजक नै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको समेत उनले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : २३ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले