फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन् « Khabarhub

फिल्म चलेन, न वर्षाले आँसु खसाल्न सकिन्, न भिडियो नबनाइ बस्न सकिन्


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफू अभिनित फिल्म ‘मालती मंगले’ प्रदर्शनरत रहेकाले नायिका वर्षा राउतको सार्वजनिक उपस्थिति बढेको छ । उनी अहिले मिडियामा पनि हाइलाइटमै छिन् ।

अहिले उनी अर्को कारणले चर्चामा छिन्- आफैँले सार्वजनिक गरेको टिकटक भिडियो ।

उक्त भिडियोमा वर्षाले भनेकी छन्, ‘मैलेअघि एउटा भिडियो हरेको थिएँ वर्षालाई साथ दिने कोही रहेनछ । यो वास्तममा मैले महसुस गरेको कुरा हो । हरेक फिल्म आउँदा सबैलाई सपोर्ट गरेकी छु जस्तो लाग्थ्यो के मलाई । प्रत्यक्ष र अप्रत्यक्ष गरिरहेको हुन्थेँ जस्तो लाग्थ्यो । मेरो पालोमा चाहिँ कसैले नगरिदिँदो रहेछ क्या ।’

यति बोलेपछि वर्षाले आँखा भरी आँसु पारेकी छन् । पछि ती आँसु खेसे कि खसेनन् थाहा भएन तर, भिडियोमा चाहिँ उनले खसाल्न सकिनन् ।

यो भिडियो र चित्त दुखाइएको विषय भने प्रष्ट । वर्षाको फिल्म ‘मातली मंगले’ हलमा प्रदर्शनरत छ । यस फिल्ममा उनको अभिनय सुधार भएको भन्ने कोणबाट पनि चर्चा भएको छ । तथापि, फिल्म र वर्षाको अभिनय दुवै औषत रहेकाले हलमा दर्शकको चाप बढेको पाइदैन ।

दर्शक तहबाट अभिनयको चर्चा भइरहदाँ फिल्म क्षेत्रका व्यक्ति र फिल्मी सर्कलका साथीहरूले उनको अभिनय चर्चा गरेका छैन । वर्षालाई आफ्नो अभिनय र फिल्मबारे केही लेखिएदिए वा बोलिदिए हुन्थ्यो भन्ने अपेक्षा रहेछ । यो अपेक्षा पूरा नभएपछि उनले भिडियो नै बनाए चित्त दुखाएको कुरा प्रकट गरिन् ।

यता फिल्म पनि राम्रोसँग चलेन र साथीहरूबाटै पनि साथ नपाएपछि एक्लो महसुस फ्यानहरूले डाढस दिएका छन् । केहीले भने फिल्मको व्यापार बढाउन ‘आशुको कार्ड’ प्रयोग गरेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १ : २६ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई