९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी « Khabarhub

९ वर्षपछि ठूलो पर्दामा गरिमाको ‘कम ब्याक’, भुवनसँग जोडी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चरित्र नायिकाको छवि बनाएकी गरिमा शर्मा ९ वर्षको विश्रामपछि ठूलो पर्दामा फर्कने पक्का भएको छ ।

युरोपमा बस्दै आएकी गरिमा एक साताअघि मात्रै फिल्ममा अभिनय गर्नकै लागि स्वदेश आएकी हुन् ।

भुवन केसीको निर्देशनमा छायाङ्करत फिल्म ‘बाटुलो जुन’बाट उनले अभिनयमा कमब्याक गर्ने तय भएको हो ।

स्रोतका अनुसार उक्त फिल्ममा नायकसमेत रहेका भुवनको जोडीको भूमिकामा गरिमा अनुबन्ध भएकी हुन् ।

‘बाटुलो जुन’मा शीर्ष नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडा हुन् । यसको प्रदर्शन मिति आगामी दशैँलाई तोकिएको छ ।

गरिमाको अभिनय रहेको पछिल्लो फिल्म स्काउट सन् २०१७ मा प्रदर्शनमा आएको थियो । त्यता उनी युरोपमा बस्दै आएकी छिन् ।

उनले यो बीचमा दाम्पत्य जीवनमा रमाइरहेको तस्बिरहरू सार्वजनिक गर्दै आएकी थिइन् ।

उनलाई फिल्म ‘झोला’की नायिका भनेर पनि चिनिन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  २ : ३६ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम