आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य « Khabarhub

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १९३ रनको लक्ष्य दिएको छ ।

रायपुरस्थित शहीद वीर नारायण सिंह स्टेडियममा टस जितेर पहिले बलिङ रोजेको बेंगलुरुले कोलकातालाई ब्याटिङको निम्तो दिएको थियो ।

पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनायो । कोलकाताका लागि अंगकृष रघुवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ७१ रन बनाए । उनको इनिङ्समा ७ चौका र ३ छक्का समावेश थिए ।

अन्त्यतिर रिंकु सिंहले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ४९ रनको महत्वपूर्ण योगदान दिए । इनिङ्सको सुरुवातमा फिन एलेनले ८ बलमा १८ रनको तेज पारी खेले भने कप्तान अजिंक्य रहाणेले १३ बलमा १९ रन जोडे । क्यामरन ग्रीनले पनि २४ बलमा ३२ रनको योगदान दिए ।

बेंगलुरुका बलर भुवनेश्वर कुमार, जोश हेजलवुड र रसिख सलाम डारले १–१ विकेट लिए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ४७ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर