बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली « Khabarhub

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली


३० जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको टोली पुगेको छ ।

सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जेठ २७ गते लाम्पाटाका लागि प्रस्थान गरेको टोली शनिबार उक्त क्षेत्रमा पुगेको हो। टोली पुगेसँगै त्यहाँ अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी सुरु गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीलाई आवश्यक निर्देशन, समन्वय तथा अनुगमन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाटै गरिने जनाइएको छ। आवश्यकता अनुसार थप समन्वय र सहयोग पनि प्रधान कार्यालयबाट उपलब्ध गराइने बताइएको छ।

पछिल्ला केही दिनयता उक्त क्षेत्रमा विभिन्न विषयलाई लिएर विवाद उत्पन्न भएपछि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी परिचालन गरिएको हो।

यसअघि नै नेपाल प्रहरीको टोली पनि लाम्पाटा क्षेत्रमा पुगिसकेको छ। सुरक्षा निकायहरूले स्थानीय अवस्थाको निगरानी गर्दै शान्ति सुरक्षा कायम राख्न आवश्यक कदम चालिरहेका छन्।

प्रकाशित मिति : ३० जेष्ठ २०८३, शनिबार  २ : ४८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का