बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली « Khabarhub

बाजुराको लाम्पाटामा पुग्यो सशस्त्र प्रहरीको टोली


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाजुरा र हुम्लाको सीमा विदाद भएको स्थानमा सशस्त्र प्रहरीको टोली पुगेको छ ।

सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार जेठ २७ गते लाम्पाटाका लागि प्रस्थान गरेको टोली शनिबार उक्त क्षेत्रमा पुगेको हो। टोली पुगेसँगै त्यहाँ अस्थायी सुरक्षा बेस स्थापना गर्ने तयारी सुरु गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीलाई आवश्यक निर्देशन, समन्वय तथा अनुगमन सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाटै गरिने जनाइएको छ। आवश्यकता अनुसार थप समन्वय र सहयोग पनि प्रधान कार्यालयबाट उपलब्ध गराइने बताइएको छ।

पछिल्ला केही दिनयता उक्त क्षेत्रमा विभिन्न विषयलाई लिएर विवाद उत्पन्न भएपछि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी परिचालन गरिएको हो।

यसअघि नै नेपाल प्रहरीको टोली पनि लाम्पाटा क्षेत्रमा पुगिसकेको छ। सुरक्षा निकायहरूले स्थानीय अवस्थाको निगरानी गर्दै शान्ति सुरक्षा कायम राख्न आवश्यक कदम चालिरहेका छन्।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  २ : ४८ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट