सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)  « Khabarhub

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू) 


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादीले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को हस्तक्षेपको विरोध गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

‘राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गरौँ’ तथा ‘सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो’ लगायतका नारासहित माओवादीका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि भइरहेको भनिएको हस्तक्षेप तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमाको रक्षा, नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य तथा सीमावर्ती क्षेत्रका नागरिकको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ५ : ५७ बजे

झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

काठमाडौं– भोटेकोशीको चीन-नेपाल सीमामा गएको पहिरोका कारण बनेको ताल १४

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड

भोटेकोशी बाढी : काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक– भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः