मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ? « Khabarhub

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६ मा आफ्नो अभियान आइतबार बिहान मोरक्कोविरुद्धको खेलबाट सुरु गर्दैछ। समूह ‘सी’ अन्तर्गतको यो बहुप्रतीक्षित खेल अमेरिकाको मेटलाइफ रंगशालामा हुनेछ ।

नयाँ प्रशिक्षक कार्लो एन्सेलोटी को नेतृत्वमा मैदान उत्रिन लागेको ब्राजिल यसपटक दुई दशकभन्दा लामो उपाधि खडेरी अन्त्य गर्ने लक्ष्यमा छ। सन् २००२ पछि विश्वकप जित्न नसकेको ब्राजिल छैटौँ उपाधिको खोजीमा रहेको छ ।

यद्यपि प्रतियोगिता सुरु हुनुअघि नै टोलीले चोटको समस्यासँग जुध्नुपरेको छ। अनुभवी स्टार नेइमार जुनियर घुँडाको चोटका कारण पहिलो खेलमा उपलब्ध नहुने भएपछि टोलीको योजनामा असर परेको छ ।

तर नेइमारको अनुपस्थितिका बाबजुद ब्राजिलसँग आक्रमणमा पर्याप्त विकल्प छन्। भिनिसियस जुनियर, राफिन्हा, एन्ड्रिक, माथेउस कुञ्या र गाब्रिएल मार्टिनेली जस्ता खेलाडीले आक्रमणको जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ। एन्सेलोटीले आक्रामक सोचसहित टोली निर्माण गरेकाले मोरक्कोमाथि सुरुदेखि नै दबाब सिर्जना गर्ने रणनीति अपनाउने अनुमान गरिएको छ।

मिडफिल्डमा अनुभवी कासेमिरो सँगै ब्रुनो गुइमारेस, लुकास पाकेटा र एडरसन जस्ता खेलाडी उपलब्ध छन् । यिनै खेलाडीले टोलीको खेल नियन्त्रण गर्दै आक्रमण र रक्षाबीच सन्तुलन कायम गर्ने जिम्मेवारी वहन गर्नेछन्।

रक्षापंक्तिमा गाब्रिएल मागाल्हाएस र मार्किन्होस को जोडीलाई ब्राजिलको मुख्य बलका रूपमा हेरिएको छ। यद्यपि पूर्णरक्षक क्षेत्रमा भने टोली केही कमजोर देखिएको विश्लेषण भइरहेको छ। अफ्रिकी फुटबलको बलियो टोलीका रूपमा उदाएको मोरक्कोविरुद्धको खेल ब्राजिलका लागि सहज हुने अपेक्षा गरिएको छैन। त्यसैले विश्वकप अभियानको सुरुआतमै प्रभावशाली प्रदर्शन गर्दै सकारात्मक नतिजा निकाल्ने लक्ष्य ब्राजिलको हुनेछ ।

नेयमारको छायाँबाट बाहिर निस्कने प्रयासमा भिनिसियस

भिनिसियस जुनियर विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन् । रियल म्याड्रिडबाट लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनी अहिले ब्राजिलको विश्वकप अभियानका प्रमुख आशा पनि हुन् । तर एउटा प्रश्न अझै अनुत्तरित छ– के भिनिसियसले ब्राजिलका समर्थकहरूको मन जित्न सक्नेछन् ?

रियल म्याड्रिडमा पाँचभन्दा बढी सफल सिजन बिताइसकेका भिनिसियस राष्ट्रिय टोलीमा भने अझै आफूलाई पूर्ण रूपमा स्थापित गर्न संघर्षरत देखिन्छन् । सन् २०२४ को ब्यालोन डीओरमा उपविजेता बनेका उनीमाथि ब्राजिलमा ठूलो अपेक्षा छ, तर समर्थकहरूसँगको भावनात्मक सम्बन्ध भने अझै पूर्वकप्तान नेयमारको स्तरमा पुग्न सकेको छैन ।

ब्राजिलियन फुटबल विश्लेषकहरूका अनुसार यसको मुख्य कारण भिनिसियसले राष्ट्रिय टोलीमा रियल म्याड्रिडमा जस्तो प्रभाव पार्न नसक्नु हो । अर्कोतर्फ नेयमारले ब्राजिलका लागि ऐतिहासिक योगदान दिएका छन् । उनी राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन् भने सान्तोसमा खेलेका वर्षहरूमा ब्राजिलका समर्थकहरूले उनलाई नजिकबाट पछ्याउने अवसर पाएका थिए।

हालै गरिएको एक सर्वेक्षणमा पनि ५३ प्रतिशत ब्राजिलियन समर्थकले नेयमारलाई विश्वकप टोलीमा समावेश गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । यसले अझै पनि नेयमारप्रतिको विश्वास र लोकप्रियता कायम रहेको देखाउँछ।

यद्यपि, ब्राजिलियन फुटबल महासंघले पछिल्ला वर्षहरूमा भिनिसियसलाई टोलीको मुख्य अनुहार बनाउने प्रयास गरिरहेको छ । मार्चमा च्यमचथनय चोटका कारण विश्वकपबाट बाहिरिएपछि भिनिसियसलाई प्रतिष्ठित नम्बर १० जर्सी दिइएको थियो । फ्रान्सविरुद्धको खेलअघि उनलाई पत्रकार सम्मेलनमा पनि प्रस्तुत गरिएको थियो, जसले टोलीको भविष्यका रूपमा उनलाई स्थापित गर्ने संकेत दिएको थियो।

तर नेयमारको अप्रत्याशित पुनरागमनसँगै नम्बर १० जर्सी फेरि उनैलाई फर्काइएको छ । यद्यपि चोटका कारण नेयमारको भूमिका पहिले जस्तो प्रभावशाली नरहेकाले यस विश्वकपमा सबैको नजर भिनिसियसमाथि रहने अपेक्षा गरिएको छ।

भिनिसियस स्वयं पनि बढ्दो जिम्मेवारी वहन गर्न तयार रहेको बताउँछन्। उनले भनेका छन्, “अहिले सबैले मेरै बारेमा कुरा गर्छन्। रियल म्याड्रिडमा लगातार सफल सिजन बिताएकाले जिम्मेवारी पनि बढेको छ। म त्यो जिम्मेवारी लिन चाहन्छु, किनभने म अझै धेरै सुधार गर्न सक्छु भन्ने विश्वास छ।”

ब्राजिलका पूर्व सहायक प्रशिक्षक क्लेबर जेभियरका अनुसार भिनिसियसको व्यक्तिगत क्षमता उत्कृष्ट भए पनि उनलाई चम्काउन बलियो टोली संरचना आवश्यक पर्छ। सन् २०२२ मा ब्राजिल पुनर्निर्माणको चरणमा रहेको भन्दै उनले अहिले भने भिनिसियसको समय आएको हुनसक्ने बताएका छन्।

छैटौं विश्वकप उपाधिको खोजीमा रहेको ब्राजिलका लागि भिनिसियसको प्रदर्शन निर्णायक बन्न सक्छ। यदि उनले क्लबस्तरको जादु राष्ट्रिय टोलीमा पनि दोहोर्याउन सके, समर्थकहरूको मन जित्नुका साथै ब्राजिललाई नयाँ युगतर्फ डोर्‍याउने खेलाडीका रूपमा स्थापित हुन सक्नेछन् ।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  १० : ५६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील