फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा ! « Khabarhub

फिल्म ‘गौँथली’ : डाक्टरको एक्सन कट, फेरि टिकट किन्ने कुरा !


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डा. कपिल रिजाल पेसाले चन्द चिकित्सक हुन् । बेलायतमा उनी चिकित्सकीय अभ्यास गर्दै छन् । फिल्म बनाउने उनको सौख हो ।

डा. रिजालको परिचय अब निर्देशक रिजालमा विस्तार भइसक्यो । अर्को कुरा, उनीसँग ठूलो पर्दामा काम गर्नेहरूले भन्छन्, ‘पेसाले डाक्टर भए पनि डाक्टर सावसँग फिल्मको राम्रो ज्ञान छ ।’

डेब्यू फिल्म ‘ह्यारी कि प्यारी’ले हेर्दा रिजाल झुटो प्रशंसाले घेरिएका छन् कि भन्ने लाग्ने ! यता दोस्रै फिल्म ‘गौँथली’को प्रचार सामाग्री हेर्दा हो कि भन्ने विश्वास लाग्ने ।

‘गौँथली’को प्रचार सामाग्रीले राम्रै चर्चा पाएको छ । दर्शकको सकारात्मक प्रक्रियाले रिजालले ‘राम्रै फिल्म बनाए कि के हो ?’ भन्ने शंकाको सुविधा पाएको छ । फिल्म साउन १ बाट प्रदर्शनमा आउँदैछ ।

नामी स्त्री रोग विशषज्ञ भोला रिजालका छोरा हुन्– निर्देशक रिजाल । सोही कारण फिल्मको प्रचारमा उनलाई थोरै भने पनि सहयोग भने पक्का पुगेको छ ।

बुवालाई जोडेर रिजाल भन्छन्, ‘बुवाका कारण हामीलाई हुने नै यही हो । नराम्रो गरे भोला रिजालले यस्तो गर्यो भन्छन् । राम्रो गर्यो भने भोलाको छोराले यति नगरेर हुन्छ भन्छन् ।’

बाको कृतिमा छोराको निर्देशन

‘गौँथली’ डा. भोला रिजालको कृतिमा आधारित फिल्म हो । दुई दशकअघि पनि यस कृतिमा आधारित रहेर फिल्म ‘गौँथली’ बनेको थियो । त्यो नेपालमकै पहिलो गीति फिल्म हो ।

छोरा डा. रिजालले नयाँ स्वादका साथ फिल्म ल्याइएको दाबी गरेका छन् ।

फिल्मको शीर्षक ‘गौँथली’ छ । फिल्मको कथा भने अजिटम र सासुबाट पीडित बुहारीको कथामा आधारित छ ।

किनकि ट्रेलर हेर्दा– नायक अटिजमको बिमार देखिन्छन् । नायिका बाल विवाह गरी सासुबाट पीडित बुहारीको भूमिकामा छन् । पुरुषवादी समाजमा उनले पढ्ने इच्छा मार्नुपर्ने हुन्छ । उनको विवाह अटिजम भएका पुरुषसँग हुन्छ ।

कथा र शीर्षकको तालमेल मिनेन नि ? भन्ने प्रश्नमा निर्देशक रिजाल भन्छन्, ‘गौँथली घरलाई र आफ्नो जीवन साथीलाई निकै माया गर्ने चरा हो । त्यहीसँग जोडेर हेर्न सकिन्छ ।’

डा. भोला रिजालले आफ्नो श्रीमतीको सम्मानमा यो कृति लेखेको उनले सुनाए । उनले भने, ‘आमाले घरका लागि गरेको त्यागको सम्मानमा मेरो बुवाले यो कृति लेख्नुभएको रहेछ । बुवालाई लागेछ– अवसर पाएको भए श्रीमतिले मेरोभन्दा बढी नाम कमाउन सक्थिन् ।’

उनले यो प्रसंगको सुनाउनुको अर्थ– घरलाई गौँथलीको जस्तै माया ।

टिकटका कुरा

अहिले फिल्म हलमा टिकाउन निर्माता आफैँले टिकट किन्ने प्रवृति सहतमा आएको छ । टिकट किन्ने काम पहिला पनि हुन्थ्यो, अहिले पीडा महसुस गर्नेले बोल्न थालेका छन् ।

निर्देशक रिजाल फिल्ममा भिजिसेकका मान्छे होइनन् । अब फिल्म चलाउनुपर्ने दबाब छ । किनकी उनले बुवाको चर्चित र फिल्म बनिसकेको कृतिमा आफूलाई निर्देशकका रुपमा प्रस्तुत गरेका छन् ।

रिजालाई प्रश्न सोधियो– टिकटका लागि कति पैसा छुट्याउनु भएको छ ? रिजालले हाँस्दै भने, ‘छैन । यो मलाई थाहा नभएको कुरा हो । यस्ता फिल्मको सफलता बक्स अफिसमा भन्दा मुद्दामा केन्द्रित हुन्छ । फिल्ममा उठाएका केही मुद्दाको राम्रै निचोड निक्लन्छ ।’

के भन्छिन् नायिका सिम्रन ?

नायिका सिम्रन खड्का यही फिल्मबाट शीर्ष नायिकामा डेब्यू गर्दैछन् । उनी सहरमै हुर्काइ पढाइ भएकी नायिका हुन् ।

फिल्मको कथा सुनेपछि महसुस भएको कुरा सेयर गरिन्, ‘हामीलाई अभिभावकले पढ् भन्नुहुन्थ्यो । हामी मान्दैन थियौं ।

मीलाई पढ्ने सुविधा छ तर मन छैन । गौँथलीलाई पढ्न मन छ तर सुविधा पाएकी छैन । यो पाटो मलाई रोचक लाग्यो ।’

फिल्म प्रचारको कामले नायक अरुण क्षेत्री र सिम्रनसँगै देखिन्छन् । अन्तर्वार्तामा उनीहरू एकसाथ जाने नै भए । त्यहाँ उनीहरूलाई सोधिन्छ, ‘तपाईंहरू प्रेम जोडी हो ?’

तर, सिम्रन र अरुण दुवैले प्रेम स्वीकार गरेका छैनन् ।

किन प्रेमको प्रसंग चल्यो त ? भन्ने प्रश्नमा सिम्रन भन्छिन्, ‘दर्शकले मन पराएर हो । उहाँहरूलाई पर्दामा हाम्रो केमेस्ट्री मन परेको छ । वास्तवमा पनि उहाँहरू हामी जोडी भएको हेर्न चाहानुहुन्छ ।’

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ९ : २२ बजे

२५ वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौं – सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

नुवाकोटका आईटी अधिकृत एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौं – नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

कायरो – सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी

साउनको तेस्रो सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं – यस वर्षको साउनको तेस्रो सोमबार आज लाखौँ भक्तजनले

सुडानी सेनाको ड्रोन आक्रमणमा ३५ जनाको मृत्यु

कायरो- सुडानको डार्फर क्षेत्रमा रहेको एक नागरिक अदालतमा सुडानी सेनाले गरेको