अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ? « Khabarhub

अबको विश्वकपमा ६४ टोली सहभागी गराउने फिफाको तयारी : इन्फान्टिनोको प्रस्तावमा के छ ?


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ६४ पुर्‍याउने विषयमा छलफल अघि बढाउने भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले चार वर्षपछि हुने विश्वकपमा थप १६ देशलाई समेट्ने प्रस्तावमाथि विचार भइरहेको बताएका हुन्।

स्वीस सञ्चारमाध्यम ‘ब्लुविन’ सँग कुरा गर्दै अध्यक्ष इन्फान्टिनोले टोली संख्या ४८ बाट बढाएर ६४ पुर्‍याउनु सान्दर्भिक हुने उल्लेख गरेको समाचारमा उल्लेख छ। “यस विषयमा जारी विश्वकप सकिएपछि सम्बन्धित समितिहरूमा पक्कै पनि छलफल र समीक्षा हुनेछ,” उनले भने।

विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई समग्र विश्वलाई नै समेट्नु महत्त्वपूर्ण हुने उनको भनाइ छ। इन्फान्टिनोले थपे, “हरेक राष्ट्रले विश्वकप खेल्ने सपना देख्न पाउनुपर्छ। अहिले फुटबलको गुणस्तर विश्वभर नै निकै उच्च हुँदै गएको छ। यदि साना देशलाई अवसर दिइएन भने उनीहरूमा खेल सुधार गर्ने उत्साह रहँदैन।”

सन् १९९८ देखि २०२२ सम्मको विश्वकपमा ३२ टोली सहभागी हुँदै आएका थिए। हाल जारी २०२६ को संस्करण ४८ टोली सहभागी भएको पहिलो विश्वकप हो। क्यानडा, मेक्सिको र अमेरिकामा भइरहेको १०४ खेलको तालिकामध्ये अब दुई सेमिफाइनल र फाइनल खेल मात्र बाँकी छन्। प्रतियोगितामा अब अर्जेन्टिना, इङ्गल्याण्ड, फ्रान्स र स्पेन गरी चार टोली मात्र उपाधि होडमा छन्।

अध्यक्ष इन्फान्टिनोले ४८ टोलीको यो नयाँ संरचना ‘ढुक्कसँग सफल’ भएको दाबी गरेका छन्। “हरेक टोलीले उच्च स्तरको प्रदर्शन गरे। प्रत्येक महादेशका टोलीले गोल गरे र कम्तीमा एक अंक जोडे,” उनले भने, “यस पटक अफ्रिकाका १० मध्ये ९ टोली नकआउट चरणमा पुगे, जबकि अघिल्लो विश्वकपमा अफ्रिकाबाट मात्र ५ टोली थिए। यसले नै सबै टोलीलाई समेट्नु र अवसर दिनु कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ।”

सन् २०३० को विश्वकप बहु-महादेशीय अवधारणामा आयोजना हुँदैछ। जसअनुसार सुरुवाती तीन खेल उरुग्वे, अर्जेन्टिना र पराग्वेमा (प्रत्येक देशमा एक-एक खेल) हुनेछन् भने बाँकी खेल मोरक्को, पोर्चुगल र स्पेनमा खेलाइने तय भएको छ। यदि टोली संख्या ६४ पुर्‍याइयो भने दक्षिण अमेरिकी राष्ट्रले केवल एक खेल मात्र नभएर चार टोली सम्मिलित पूरा एउटा समूहकै खेलहरू आयोजना गर्ने अवसर पाउनेछन्।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ४७ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।