आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ । दुईवटा एकदिवसीय खेल खेल्न लागेको नेपालले पहिलो प्रतिस्पर्धा आज गर्न लागेको हो । नेपाल क्रिकेट संघ क्यानका अनुसार यो खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुँदैछ ।

जर्सीसँग नेपालले दोस्रो अर्थात् अन्तिम प्रतिस्पर्धा असार ३१ गते गर्दैछ । यसअघि खेलअघि नेपाली टोलीले जर्सीको एनसिसी ग्रानभिलमा विशेष तयारी क्याम्पसमेत सञ्चालन गरेको थियो ।

नेपाली क्रिकेट टोली १८ वर्षपछि जर्सी पुगेको हो । यसअघि सन् २००८ मा नेपालले ब्रिटिश टापु जर्सीमा विश्व क्रिकेट लिग डिभिजन–५ खेलेको थियो, जहाँ सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि नेपालको यात्रा टुङ्गिएको थियो । सोही प्रतियोगिताको समूह चरणमा मोजाम्बिकविरुद्ध नेपालका बलर महबुब आलमले एक्लै १० विकेट लिएर विश्व कीर्तिमान बनाएका थिए । आइसिसीको आधिकारिक प्रतियोगितामा कुनै पनि खेलाडीले १० विकेट लिएको त्यो पहिलो ऐतिहासिक अवसर थियो।

जर्सीको तयारीपछि नेपाली टोली लिग–२ खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेदरल्यान्ड्समा नेपाल, घरेलु टोली र नामिबियाबीच त्रिकोणात्मक शृंखला हुनेछ।

लिग–२ मा नेपालले जुलाई २१ मा नामिबियाविरुद्ध खेल्दै शृंखलाको सुरुवात गर्नेछ । त्यसपछि जुलाई २३ मा नेदरल्यान्ड्स, जुलाई २७ मा पुनः नामिबिया र जुलाई २९ मा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ११ : २८ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी