स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ? « Khabarhub

स्कोडा नेपालले सार्वजनिक गर्‍यो फेसलिफ्ट गरिएको नयाँ कुशाक एसयूभी, मूल्य कति ?


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाकलाई ‘रियल ड्राइभर्स वान्टेड’ भन्ने ट्यागलाइनसहित स्कोडा शोरुममा सार्वजनिक गरेको छ । 

उक्त कार्यक्रममा कम्पनीका उच्च पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका थिए । 

उनीहरूले कारको मालिक त धेरै जना बन्छन्, तर वास्तविक चालकहरूले मात्र सडकलाई नै आफ्नो बनाउँछन् भन्ने स्पष्ट सन्देश दिएका थिए ।  

कम्पनीका अनुसार नयाँ कुशाक १.० लिटर र १.५ लिटर टीएसआई इन्जिन विकल्पमा उपलब्ध छ । यसमा ८-स्पिड अटोमेटिक तथा डीएसजी ट्रान्समिसनको सुविधा छ । पछाडिको सिटमा मसाज सुविधासहितका विभिन्न आरामदायी फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय ब्रान्डको एसयूभी ५७ लाख ९० हजार रुपैयाँदेखि उपलब्ध छ । साथै, ‘प्रोमिस अफ १२’ अन्तर्गत देशभरका १२ वटै सेवा केन्द्रबाट वार्षिक मर्मतसम्भार योजना पनि उपलब्ध छ । यस योजनाअनुसार हरेक १२ महिना वा १२ हजार किलोमिटरमा १२ हजार रुपैयाँको निश्चित शुल्कमा सर्भिस सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विष्णु कुमार अग्रवालले भने, ‘कुशाकले युरोपेली इन्जिनियरिङलाई नेपाली सडकमा ल्याएको छ, तर नेपाली ग्राहकलाई युरोपेली मूल्य तिर्न बाध्य बनाएको छैन। यही नै यसको वास्तविक मूल्य हो ।’

त्यसैगरी रौनक अग्रवालले भने, ‘यो गाडी उत्कृष्ट ड्राइभिङ अनुभव चाहने व्यक्तिहरूका लागि बनाइएको हो। हामी उहाँहरूलाई यसको विशेषताको बारेमा सुन्न मात्र होइन, आफैँ अनुभव गर्न आमन्त्रण गर्दछौँ ।’

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ३ : ३० बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय