हेभिवेटले लगाउने ‘नम्बर १०’ जर्सी « Khabarhub

हेभिवेटले लगाउने ‘नम्बर १०’ जर्सी


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परम्परागत फुटबलमा जर्सीले खेलाडीको पोजिसनसम्म थाहा हुन्थ्यो । आधुनिक फुटबलमा जर्सी नम्बर खेलाडीको रोजाइको विषय बन्ने गरेको छ ।

फुटबल इतिहासमा १० नम्बर जर्सी सबैभन्दा बढी लोकप्रिय छ । सर्वकालीन महान खेलाडी भनेर चर्चा गरिने धेरै खेलाडीहरूले १० नम्बर जर्सी लगाएका थिए ।

१० नम्बर जर्सी अट्याटिङ मिडफिल्डर तथा प्लेमेकरहरूको पहिचान पनि हो । क्षमतावान खेलाडीले जर्सी नम्बर १० लगाउँदै आएका छन् । फुटबलका लागि जर्सी नम्बर १० ब्रान्ड हो ।

क-कसले लगाएका थिए ?

सन् १९६० र ७० को दशकमा यो १० नम्बर जर्सी लगाएर विश्व फुटबलमा तहल्का मच्चाए ।

त्यसपछिका लेजेन्ड फुटबलर अर्जेन्टिनाका डिएगो म्याराडोना पनि १० नम्बर जर्सी लगाए ।

ब्राजिलका अर्का लेजेन्ड फुटबल रोनाल्डिन्होले पनि १० नम्बर जर्सी नै लगाए ।

आधुनिक फुटबलमा सर्वाधिक सफल अर्जेन्टाइन स्ट्राइकर मेसीले पनि १० नम्बरकै जर्सी लगाएका छन् । ब्राजिलका स्टार खेलाडी नेइमान जुनियर १० नम्बर जर्सी लगाएर देशबाट खेले ।

पछिल्लो समय आक्रमक अट्याकटरको रुपमा चर्चामा आएका फ्रान्सका केलियन एम्बाप्पे पनि १० नम्बर जर्सीमै मैदानमा उत्रन्छन् ।

क्रोयसियाका लेजेन्ड खेलाडी लुका मोड्रिच पनि १० नम्बर जर्सी लगाउने खेलाडी हुन् ।

पेलेको समयदेखि वर्तमान फुटबलसम्म १० नम्बर जर्सी लगाउने खेलाडीहरूले नै फुटबललाई थप रोचक बनाएका छन् ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ४१ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन