सञ्चारगृहमा शंकास्पद गाडी राखिएको घटनाको विरोधमा उत्रियो रास्वपा, निष्पक्ष छानबिन गर्न सरकारसँग माग « Khabarhub

सञ्चारगृहमा शंकास्पद गाडी राखिएको घटनाको विरोधमा उत्रियो रास्वपा, निष्पक्ष छानबिन गर्न सरकारसँग माग


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ।

रास्वपाले स्वतन्त्र प्रेस, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिएको उल्लेख गर्दै कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा लोकतन्त्रको चौथो अंगलाई संकुचित पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको ‘प्राणवायु’ भएको उल्लेख गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट गरिएका सबै प्रकारका गतिविधिको भर्त्सना गरिएको छ।

रास्वपाले घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।

यसका साथै पार्टीले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मीको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ०८ बजे

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र