सञ्चारगृहमा शंकास्पद गाडी राखिएको घटनाको विरोधमा उत्रियो रास्वपा, निष्पक्ष छानबिन गर्न सरकारसँग माग « Khabarhub

सञ्चारगृहमा शंकास्पद गाडी राखिएको घटनाको विरोधमा उत्रियो रास्वपा, निष्पक्ष छानबिन गर्न सरकारसँग माग


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबाबमा राख्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको उल्लेख गरिएको छ।

रास्वपाले स्वतन्त्र प्रेस, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिएको उल्लेख गर्दै कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने तथा लोकतन्त्रको चौथो अंगलाई संकुचित पार्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको ‘प्राणवायु’ भएको उल्लेख गर्दै प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट गरिएका सबै प्रकारका गतिविधिको भर्त्सना गरिएको छ।

रास्वपाले घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न तथा संलग्न व्यक्तिको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग माग गरेको छ।

यसका साथै पार्टीले सञ्चारकर्मीलाई कुनै पनि दबाब वा त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै सञ्चारकर्मीको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सधैं उभिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ०८ बजे

रसुवा बाढी प्रभावितका लागि काठमाडौंमा राहत संकलन (तस्बिरहरू) 

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि काठमाडौंमा सर्वसाधारणले

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक