सुहाङले भने- सरकारले मानवीय मर्यादा र बालबालिकाको भविष्यको बेवास्ता नगरोस्  « Khabarhub

सुहाङले भने- सरकारले मानवीय मर्यादा र बालबालिकाको भविष्यको बेवास्ता नगरोस् 


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कानुनको कार्यान्वयन गर्दा राज्यले नागरिकको बास, परिवारको सुरक्षा, बालबालिकाको भविष्य र मानवीय मर्यादालाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा सांसद नेम्वाङले सुकुम्वासीहरूको पुनर्स्थापनामा गम्भीर हुन आग्रह समेत गरे।

उनले सरकारले भूमिहीन, सुकुम्वासीलाई राहत, अस्थायी व्यवस्थापन र धनीपुर्जा वितरण गर्ने प्रक्रिया सुरु गर्नु सकारात्मक भएपनि प्रभावकारी हुन नसकेको धारणा राखे । 

संसदीय समितिको अनुगमनका क्रममा होल्डिङ सेन्टरमा रहेका नागरिकहरूले सरकारप्रति ठुलो भरोसा देखाए पनि अहिले उक्त भरोसा टुट्टै गएको उनले बताए ।

उनले वास्तविक भूमिहीन र जोखिममा रहेका नागरिकको स्पष्ट पहिचान गरी सुरक्षित आवास, रोजगारी, स्वास्थ्य र शिक्षा सहितको समय सीमाबद्ध पुनर्स्थापना योजना समितिमा पेस गर्न माग गरे ।

त्यस्तै सांसद नेम्वाङले होल्डिङ सेन्टरमा रहेका नागरिकका विषयलाई औपचारिकता र अनुगमनमा मात्र सीमित नराखी, उनीहरूका लागि भएका कामहरू समितिको हरेक बैठकमा जानकारी गराउने व्यवस्था गर्न पनि आग्रह गरे । 

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ४६ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा