शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण « Khabarhub

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित ‘सुकुमवासी होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले आज खरिपाटीमा रहेका २१ र बोडेमा रहेका १८ जना विद्यार्थीलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

‘होल्डिङ सेन्टर’ मा रहेका विद्यार्थीका लागि झोला, कलम–कापीलगायतका शैक्षिक सामग्रीसहित क्यारम्बोर्ड, ब्याडमिन्टन, चेस, भलिबललगायतका खेलकुदका सामग्री वितरण गरिएको छ ।

शिक्षामन्त्री पोखरेलले एक कार्यक्रमबीच शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्दै बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका विद्यार्थीको पठनपाठनमा कुनै कठिनाइ नहोेस् भन्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको पनि जानकारी गराए ।

यसैगरी, सरकारका प्रवक्ता एवं मन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा बस्दै आएका नागरिकको स्वास्थ्य, सुरक्षासहित समग्र व्यस्थापनका लागि सम्बद्ध मन्त्रालयहरूबीच आवश्यक समन्वयसहित सहकार्य भइरहेकाले ढुक्क भई बस्न अनुरोध गरे ।

शिक्षामन्त्री पोखरेलले ‘होल्डिङ सेन्टर’ मा रहका विद्यार्थीको विद्यालय भर्नालगायत आउने जाने क्रममा समस्या देखिए आवश्यक सहजीकरणसहित समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैबीच ‘होल्डिङ सेन्टर’मा रहका विद्यार्थीलाई विद्यालय जान–आउन सहज बनाउने उद्देश्यले भोलि मङ्गलबारदेखि ‘बस’ को व्यवस्था गरिएको मन्त्रालयले स्पष्ट गरेको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पदाधिकारीसहित मन्त्री पोखरेल ‘होल्डिङ सेन्टर’ पुगेका हुन् । यसअघि आइतबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सम्बद्ध मन्त्री सम्मिलित टोलीले ‘होल्डिङ सेन्टर’ को स्थलगत अनुगमन गरी त्यहाँ बस्ने सुकुमवासीको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाका बारेमा जानकारी लिएको थियो ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ८ : २१ बजे

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय