शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा « Khabarhub

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका १४ वटा सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ।

प्रहरीले ती सवारीसाधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याएको भन्दै प्रचलित कानुनबमोजिम कारबाही गरिएको जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मिडियाका अफिसकाक गेटसहित सार्वजनिक स्थानमा पार्किङ गरिएको अवस्थामा ती सवारीसाधन फेला परेका थिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याएका विभिन्न १४ वटा सवारीसाधनलाई प्रचलित कानुनबमोजिम कारबाही गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिनेछ।’

यस घटनालाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेस, एमालेलगायतले पनि राजनीतिक दलका नेता, सञ्चारमाध्यम र व्यवसायीलाई लक्षित गरी शंकास्पद रूपमा सवारीसाधन परिचालन गरिएको घटनाबारे गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ९ : ५९ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा