शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा « Khabarhub

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका १४ वटा सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ।

प्रहरीले ती सवारीसाधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याएको भन्दै प्रचलित कानुनबमोजिम कारबाही गरिएको जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मिडियाका अफिसकाक गेटसहित सार्वजनिक स्थानमा पार्किङ गरिएको अवस्थामा ती सवारीसाधन फेला परेका थिए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्‍याएका विभिन्न १४ वटा सवारीसाधनलाई प्रचलित कानुनबमोजिम कारबाही गरिएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिनेछ।’

यस घटनालाई लिएर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेस, एमालेलगायतले पनि राजनीतिक दलका नेता, सञ्चारमाध्यम र व्यवसायीलाई लक्षित गरी शंकास्पद रूपमा सवारीसाधन परिचालन गरिएको घटनाबारे गम्भीर छानबिन हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ९ : ५९ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका