चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री « Khabarhub

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका ग्यास उद्योगबाट भरी सिलिण्डर ल्याइर एकै ठाउँबाट बिक्री गरिरहेको छ ।

यसअघि जिल्लालाई पाँच क्षेत्रमा विभाजन गरेर भूगोलअनुसार व्यवसायीलाई बिक्री गर्न लगाएको प्रशासनले आज भरतपुर महानगरपालिका(९ मा रहेको केन्द्रीय बस ट्रमिनलबाट जिल्लाका तीन उद्योग र गैँडाकोटको एउटा उद्योगलाई ग्यास बिक्री गर्न लगाएको हो ।

दिउँसो १ः०० बजेदेखि जिल्लाका बाबा, साईबाबा, नेपाल ग्यास र नवलपुरको जानकी ग्यास उद्योगले सिधैँ उपभोक्तालाई भरी सिलिण्डर वितरण गरिरहेका छन् । सो क्रममा चार उद्योगले तीन हजार सिलिण्डर बिक्री गरिएको जनाएका हुन् ।

ग्यासको अभावसम्बन्धी स्थानीय प्रशासनको टोलफ्रि नम्बरमा आएका गुनासो सम्बोधन गर्दै एक हजारभन्दा बढी उपभोक्ताको घरमा ग्यास पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। स्थानीय प्रशासनले ग्यास उद्योग, डिलरलगायतमा अनुगमन गर्दा पनि उपभोक्ताकोमा ग्यास नपुगेपछि उद्योगीमार्फत उपभोक्ताको घरमा पुर्याउन लागिएको उनले बताए ।

यसरी वितरण गर्दा पनि ग्यास पाउन नसकेका उपभोक्तालाई बसपार्कबाट वितरण गरिएको प्रजिअ अर्यालले जानकारी दिए । यसअघि वितरण गरिएका आधा शिलिण्डर सकिएसँगै एकैपटक माग बढेको हुनसक्ने उनले बताए । पछि पुनः ग्यास अभाव हुन्छ भन्ने लागेर पनि उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्नाले अहिले ग्यासको समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ४१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु