बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द « Khabarhub

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ ।

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा आज साँझ ५ः०० बजेदेखि शनिबार बिहान ७ः०० बजेसम्मका लागि यातायात सञ्चालन बन्द गरिएको कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाडौँबाट प्राप्त मौसम पूर्वानुमानसम्बन्धी सूचनाअनुसार म्याग्दीमा आज राति भारी वर्षाको सम्भावना भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

“स्तरोन्नतिको क्रममा रहेका बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा पहिरो खस्ने, नदीले कटान गर्ने समस्या छ । रातिको समयमा यातायात सञ्चालन गर्दा दुर्घटनाको जोखिम हुने भएकाले सतर्कता अपनाइएको हो”, प्रजिअ आचार्यले भने ।

बेनी(जोमसोम सडक म्याग्दीको सदरमुकाम बेनीदेखि उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने एकमात्र स्थलमार्ग हो । बेनी-दरवाङ सडकले धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ९ : ४९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित