देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ? « Khabarhub

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?


२९ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भाग जोड्ने मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीद्वारा सोमबार बिहान सार्वजनिक सडक अद्यावधिक विवरणअनुसार बागमती र गण्डकी प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध बनेका हुन्।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सोही राजमार्गको जवाङखोला र शीतल बजार क्षेत्रमा भने पहिरो पन्छाएर यातायात एकतर्फी सुचारु गराइएको छ।

त्यस्तै, रसुवास्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक खण्डको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण लामो समयसम्मका लागि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। रसुवाका अन्य मुख्य राजमार्गहरू पनि अर्को सूचना नभएसम्मका लागि ठप्प रहेका छन्। नुवाकोटको विदुर नगरपालिका–१० सिमटारमा बाढी आएकाले पसाङ ल्हामु सडक खण्ड पूर्ण रूपमा बन्द छ भने टोखा–छहरे सडक खण्डमा बाढी–पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

बिपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा १० टनसम्मका मालबाहक सवारीसाधन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ। अन्य सवारीसाधनको हकमा भने बिहान ४ देखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्याङ्कन गरी सुचारु गराइने जनाइएको छ। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतपछि गाडीको चाप हेरेर एकतर्फी यातायात सञ्चालन गरिएको छ।

यसैगरी गण्डकी प्रदेशअन्तर्गत मनाङको चामे–बेसिशहर सडक खण्डको नासो गाउँपालिका–३ धारापानीमा सडक निर्माणको काम भइरहेकाले हाल साना सवारीसाधन मात्र सञ्चालनमा ल्याइएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८३, सोमबार  ७ : ३२ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार